Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोलाप्रथा प्रक्रियाबाट पेसीको पहिलो दिन : भएन सुनुवाइ

खबरडबली संवाददाता

काठमाडौं । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् । 

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा तोकिएको थियो । त्यसमा बेन्च नबसेको जनाइएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । एउटा मुद्दामा अन्य आदेश भएको छ । अरु कुनै पनि मुद्दामा सुनुवाइ भएको छैन ।
 
न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो । एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दामा पेसी तोकिएको थियो तर उक्त बेच्न नबसेकोे जनाइएको छ ।
 
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दामा पेसी तोकिएकोमा एक थान मात्र हेरिएको छ ।  न्यायाधीश डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा थियो तर सुरुबाटै हेर्न नभ्याइनेमा छ ।  

न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको संयुक्त इजलासमा १७ थान मुद्दामा पेसी तोकिएकोमा कुनै पनि मुद्दामा सुनुवाइ भएन । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा  १९ थान मुद्दा तोकिएकोमा एउटामा फाइल झिकाउने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको थियो । तीन थान मुद्दामा सुनुवाइ भएको छ ।
    
त्यस्तै, एकल इजलासमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान मुद्दामा पेसी थियो । उक्त इजलासमा बेन्च नबसेको जनाइएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा पेसी तोकिएको थियो । त्यहाँ थान मुद्दामा सुनुवाइ भएको छ । एघार इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । त्यसमध्ये जम्मा तीन मुद्दामा फैसला भएको छ । अधिकाश मुद्दा हेर्न नभ्याउने र बेन्च नबसेको भनेर जनाइएको छ ।
 
एक महिनाभन्दा लामो समयदेखि अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन भएपछि सबै मुद्दाको प्रभावकारी सुनुवाइ हुने विश्वास गरिए पनि इजलासमा उत्साहप्रद सुनुवाइ पहिलो दिन नै देखिएन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, १० घाइते

पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० ज...

इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

तेहरान। इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य...

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट ह...

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले...

महाजात्राले २६ करोड ६५ लाख कमायो

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फ...

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो । नेप...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies