Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

तीन हजार पर्यटन मजदूरलाई राहत

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ ।

 सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो । 

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौँमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए ।

पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झण्डै रु दुई करोड ५० लाख) दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो । सङ्घमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ । मजदूरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो ।

 यस्तै सङ्घले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमासमेत स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डरसमेत दिइने जनाइएको छ ।

समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रभावित मजदूरलाई राहत उपलब्ध गराउन लागिएकोमा सराहना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको छ भन्नुभयो । उहाँले ज्यान दाउमा राखेर हिमाल चढिमुलुक चिनाउने पर्वतारोहीको खुलेर प्रशंसा पनि गर्नुभयो । उहाँले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेका बेला नयाँ भेरियन्टको कोरोनाका कारण पुनः प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गर्नुभयो । नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले गरेको पनि उहाँले जानकारी दिनुभयो । 

मन्त्री आलेले पर्यटक र अगन्तुकको सुविधाका लागि विभिन्न सुधारका काम मन्त्रालयले सुरु गरिसकेको र त्यही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई बाहिर आउनका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताए।

 यस्तै वैदेशिक रोजगारमा जानेका लागि विश्रामस्थलको व्यवस्था गरी सुविधा बढाइएको पनि उनले जानकारी गराए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending