बर्दिया । गेरुवा गाउँपालिका–४ राजिपुर बस्ने ६८ वर्षीय कालुराम थारुको बाघको आक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरबाट करिब ८ सय मिटर टाढा खरबारीमा राँगा चराउन गएकोमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्दा उनको घटनास्थलै मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: