Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीनको समस्या समाधान गछौँ : मन्त्री श्रेष्ठ

खबरडबली संवाददाता
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकि छन्। 
 
नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैंका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताएको हो । 
 
मन्त्री श्रेष्ठले भनिन्, “विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लालपूर्जाविहीन स्वबासीको समस्या पनि उस्तै रहेछ, यी समस्या समाधान गर्दैछु, पुस महिनाभित्र देशमा कोही पनि भूमिहीन नरहने गरी समस्या समाधान गर्ने गरी लागेको छु ।”
 
अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उनको भनाइ छ । कानूनले छोरीका नाममा अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “छोरीको नाममा पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशबण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अब आमा, श्रीमती, छोरी पनि अंशियार कायम हुन्छन् र मालपोतले महिलालाई पनि अंशियार हकका आधारमा अंशबण्डा गर्दा छोरी खोज्ने गरी व्यवस्था गराउँछु ।”
 
कानूनको अभावले नभई इमान्दारितापूर्वक कार्यान्वयन नगर्दा संविधानले दिएको कतिपय अधिकार नपाएको बताउँदै उनले अब सबैको अधिकार स्थापित हुनेगरी काम गर्ने बताइन् । 
 
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलीप प्रजापतिले माओवादी जनताको अधिकार सुनिश्चित गर्न पछि नपर्ने बताए । नेकपा माओवादी केन्द्र मध्यपुर नगर संयोजक विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, प्रदीप जामुन श्रेष्ठलगायतले आगामी निर्वाचनमा माओवादीको वर्चस्व रहेन गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending