Life insurence
Khabar Dabali १६ मंसिर २०७८ बिहीबार | 2nd December, 2021 Thu

विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको छः विकासमन्त्री झाँक्री

खबरडबली संवाददाता

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छिन् ।

उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताएकी छिन् । बिहीवारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५ औँ योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताइन् ।  राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औँ योजनामा नेपालको दिगो विकासको लक्ष्यहरु र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने योजना सरकारको रहेको बताइन् । चालु आर्थिक वर्षका कार्यक्रमहरुमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको बताइन । 

मन्त्री झाँक्रीले भनिन्, ‘योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको छ । राष्ट्रिय योजना आयोगबाट तयार भएको १५ आँै योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरुका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन् ।’

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान...

कोरियाद्वारा साइबर ब्यूरो स्थापना गर्न ८० करोड आर्थिक सहयोग

काठमाडौँ । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।  सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीम...

एकै परिवारका ३ जना सुतेकै अवस्थामा मृता फेला

भीमेश्वर । तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय...

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्ति सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । ...

बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइयो

काठमाडौँ ।  यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ । दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत...

एमाले एकजुट भएको सन्देश गयो: उपाध्यक्ष नेम्वाङ

चितवन । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन्  ।  ...

नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा पक्राउ

वीरगञ्ज । नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा वीरगञ्जको माईस्थानस्थित कमल सर्राफको रामा भाडा पसलमा प्रहरीले  छापामारी ३२ थान ग्यास चुलो नि...

नाइजेरियामा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

अबुजा । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक...

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

टोकीयो । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएक...

परनिर्भरताबाट जोगिन चामल, दाल, तेल उद्योगको संरक्षणको माग

वीरगञ्ज । खाद्यान्न परनिर्भरताबाट जोगिनका लागि चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारसँग माग गरिएको छ ।    चामल, तेल, दाल दैनिक जीवनमा नभई न...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page