Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नवलपुर क्षेत्र नं २ का सभापतिमा दुवै प्रतिस्पर्धीको बराबर मत

खबरडबली संवाददाता

नवलपुर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेको बताइएको छ ।

उनीहरुले प्राप्त गरेको मत परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । त्यस्तै, नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक/एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती (४५१), गणेशमान श्रेष्ठ (३८४), चन्द्रबहादुर राना (५२७), चेतप्रसाद पौडेल चेतन (४१६), विष्णुकुमार कार्की (५१४), विष्णुप्रसाद ढकाल (३९३), विष्णुप्रसाद लामिछाने (५०३), शङ्कर तिवारी (३७२), सुरज गुरुङ (३९२) र सोनी जिसी (३८९) विजयी भएका छन् । 

त्यसैगरी, महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो (३६३), दुर्गालक्ष्मी पाठक काफ्ले (३७२), विमला सापकोटा (३७८) र सुमित्रा खनाल (३७७) निर्वाचित हुनुभएको छ । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक (४३७), रामजीप्रसाद पौडेल (३८२) र खस आर्य महिलातर्फबाट (३६६) विजयी भएका छन् । यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ (४३९), पूर्णसिंह राना (४१५), श्यामप्रसाद श्रेष्ठ (४३४) तथा जनजाति महिलाबाट पुनम नगरकोटी (४२४) र मायादेवी श्रेष्ठ (४१८) विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार (४४२), थारूबाट टीकाकुमारी महता (४२२) र दलितबाट झमाया विक (४६२) विजयी भएका छन् । 

त्यसैगरी, क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार क्षेत्र नं १ मा एक हजार १५१ मत खसेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending