Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

माओवादी केन्द्रको कञ्चनपुर, कालीकोट र खोटाङमा नयाँ नेतृत्व चयन

खबरडबली संवाददाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका नौ स्थानीय तहका ९२ वटा वडामध्ये ३६ वडामा नयाँ नेतृत्व चयन गरिएको छ । 
 
शनिबारदेखि वडामा सुरु भएको सम्मेलनमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएका हुन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार पुर्नर्वास नगरपालिकाका–७ र ८ बेलौरी नगरपालिका– २ र ३ बेलडाँडी गाउँपालिका–४ र २ लालझाडी गाउँपालिका–२ कृष्णपुर नगरपालिकाका–२, ३, ४, ५, ६, ७, ८ र ९ मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन् । 
 
यसैगरी शुक्लाफाँटा नगरपालिकामा वडा नं १, ४, ५, ८, १० र १२ बेदकोट नगरपालिकाको वडा नं २, ६ र १० भीमदत्त नगरपालिकाको वडा नं २, ३, ७, ८, ९, ११, १५ र १९ र दोधारा–चाँदनी नगरपालिकाको वडा नं ८ र १० मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
 
“नयाँ नेतृत्वमा महिला, दलित, जनजातिलगायत सबै वर्गको सहभागिता सुनिश्चित गरिएको छ”, नेता भट्टले भने, “वडाको नयाँ नेतृत्वमा कम्तीमा २७ जनादेखि ३५ जनासम्मको कमिटी चयन गरिएको छ ।”
 
बेलौरी नगरपालिका वडा नं १ मा सहमति जुट्न नसक्दा वडा सम्मेलन स्थगित गरिएको छ । सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । वडा सम्मेलन हुन बाँकी रहेका ५६ वडामा आइतबारदेखि निर्धारित समयभित्रै सम्मेलन सम्पन्न गरिसक्ने नेता भट्टले बताए ।
 
वडा सम्मेलनका लागि नौवटै स्थानिय तहका प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिएको छ । सहमति हुन नसकेका वडामा मात्रै निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन हुने भएका छन् । आगामी पुस ११ गतेदेखि १३ पुससम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने समय तय गरिएको छ । 
 
कालीकोटका सबै वडामा सम्मेलन 
 
कालीकोट जिल्लाका सबै वडामा नेकपा(माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । माओवादीले वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न गरेको हो । 
 
जिल्लाका नौ  स्थानीय तहका ८२ वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न भएको जिल्ला अध्यक्ष धनजीत शाहीले जानकारी दिए । 
 
“पार्टी केन्द्रले तोकेअनुसार नै शनिबार सबै वडामा वडा सम्मेलन सम्पन्न भएको छ”, उनले भने, “८२ वटा वडामा कुनैमा पनि निर्वाचन भएन । सबैमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।”
 
पार्टीको विधानअनुसार वडा सम्मेलनमा महिला, दलित र युवाको सहभागिता गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । “हरेक कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलित सहभागिता रहेको छ ।” उहाँले भन्नुभयो, “त्यही आधारमा नेतृत्वमा सहभागिता रहेको छ ।”
 
त्यस्तै मङ्सिर ११ गते स्थानीय तहका पालिका सम्मेलन हुने अध्यक्ष शाहीले जानकारी दिनुभयो । “पालिकास्तरमा पनि हामी सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी रहेको छ”, उहाँले भन्नुभयो, “कुनै तहमा पनि चुनाव नगरेर सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिइएको छ ।”
 
खोटाङका ६० वडामा माओवादीको नेतृत्व 
 
नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्लाको ७९ वडामध्ये शनिबार आयोजित वडा अधिवेशनमार्फत ६० वडामा नयाँ नेतृत्व चयन गरेको छ । 
 
माओवादी केन्द्र खोटाङले वडा अधिवेशन सम्पन्न गरिएका जिल्लाका ६० वटै वडामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो । 
 
जिल्लाका सबै वडामा शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने भनिए पनि सम्बन्धित वडाका नेता तथा कार्यकर्ताको आफन्तको मृत्यु, विवाह, छेवर (ब्रतबन्ध) लगायतका कारण १९ वडामा स्थगित गरिएको माओवादीका जिल्लाका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिनुभयो । 
 
“शनिबार १९ वडाबाहेक अन्य सबैमा सर्वसहत नयाँ नेतृत्व चयन गरिएको छ”, उनले भने, “नेताहरुको आफन्तको मृत्यु, विवाह, छेवरलगायतका कारण स्थगित गरिएका बाँकी १९ वटै वडामा आगामी मङ्सिर–९ गतेभित्रै अधिवेशन सम्पन्न गरिनेछ ।”
 
वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित हरेक वडामा २९ सदस्यीय वडा समिति चयन गरेको जनाइएको छ । अधिवेशन सम्पन्न भएका वडामा ३५ प्रतिशत महिला र दश प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरिएको उहाँले जानकारी दिए ।
 
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा माओवादीका दुई हजार २९१ जना नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउनेछन् । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित मुलुकभर माओवादीको वडा अधिवेशन आयोजना गरिएको हो । 
 
माओवादीले देशभर शनिबार एकैसाथ आयोजना गरेको वडा अधिवेशनको अवसर पारेर जिल्लाका विभिन्न ठाउँबाट अन्य पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेशसमेत गराएका छन् । 
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जनता समाजवादी पार्टी नेपालका वडाध्यक्ष वुद्धिराज राईसहित १४ जना र नेकपा एमालेका कमला बुढाथोकीसहित २३ जनालाई प्रवेश गराइएको युवा नेता मिलनचन्द्र राईले जानकारी दिए । 
 
माओवादी केन्द्रले यही मङ्िसर ११ गते पालिका, २५ गते प्रदेश तथा पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । जिल्लामा पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...

रास्वपा महाधिवेशन: असी वटा विद्युतीय उपकरणबाट मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending