Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको चेतावनी : जसले आगोसँग खेल्छ ऊ जल्छ

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक समाप्त भएको छ । राष्ट्रपति बाइडेनले शी जिनपिङसँग ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले निकै कडा रुपमा विरोध गर्ने बताए ।

दुई नेताबीच शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भयो । समाचार एजेन्सी रोयटर्सका अनुसार शी जिनपिङले राष्ट्रपति बाइडेनलाई  ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिए ।

बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको बतायो । एक चीन निति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्छ । अघिल्लो महिना बाइडेनले चीन यदि ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताएका थिए ।

दुई नेताबीचको यो बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो । शी जिनपिङलाई राष्ट्रपति बाइडेनले भने, ‘आफ्नो प्रतिद्वन्द्तिालाई संघर्षतर्फ जान नदिन दुबै देशको जिम्मेवारी हो ।’

जनवरीमा अमेरिकाले सत्ता सम्हालेपछि बाइडेन र शी जिनपिङको यो वार्ता निकै ठोस् मानिएको छ ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताए । यसले आपसी समझदारी बढाउन मद्दत गर्ने उनले बताए ।बीबीसी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending