Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा रिजाल

खबरडबली संवाददाता

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन् । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले समीक्षामा उठेको विषयवस्तुको गाम्भीर्यतालाई हेक्का गरी जिम्मेवारपूर्वक कार्य सम्पादन गर्न विभिन्न मन्त्रालयका सहभागी प्रतिनिधिलाई निर्देशन दिए।

उनले भने, “आज यो मन्त्रालयले के कुरा राख्यो, विभिन्न मन्त्रालयबाट आउनुभएको प्रतिनिधिले के कुरा सुने, के भन्नुभयो, एउटै बुझाइ हुनुप¥यो । अनि मात्र समयमै गुणस्तरीय परिणाम दिन सक्छौँ ।”

 प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा रहेको आयोजना ढिलासुस्ती र अनियमितता नहुने स्पष्ट  पारे । उनले भने, “शून्य बजेट कल्पना गरी कामको जिम्मेवारी दिइने प्रवृत्ति अन्त्य हुनुपर्छ, मुलुकका विभिन्न भागमा भएका विपद्का घटनापछि सेनाले जनतालाई सक्दो सहयोग पु¥याइरहेको छ । प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र नभई राज्यकै इज्जत र प्रतिष्ठा हो ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले राज्यले सफल अभ्यासका रूपमा राष्ट्रिय गौरवका सडक पूर्वाधार निर्माणमा सेनालाई जिम्मेवारी दिने क्रममा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रक्षा मन्त्रालयबाट सम्पादित कार्यलाई परिष्कृत र विशिष्टिकृत तुल्याउँदै लैजानुपर्छ, अनुकरणीय ढङ्गबाट अघि बढाउन खोजिएको प्रतिरक्षा विश्वविद्यालय निर्माणलाई सबै तहले सहयोग पु¥याउन आवश्यक छ, आयोजना समयमै पूरा गर्न बजेट, क्षमता र समयबीच तादात्म्यता मिलाउन सक्नुपर्छ ।”

मन्त्रालयका सचिव बेगेन्द्रराज शर्माले राष्ट्रिय गौरवलगायतका आयोजनामा कम्तीमा पनि पूर्वानुमानयोग्य बजेटको सुनिश्चितता हुन आवश्यक रहेको बताए । उनले भने, “बजेटको सुनिश्चितता, समयमै अख्तियारी, प्रतिरक्षा विश्वविद्यालयलाई बहुवर्षीय आयोजना स्वीकृति र बेरुजु फछ्र्योटमा सहजीकरण, सेनाको विज्ञता र व्यावसायिकताअनुसार जिम्मेवारी प्रदान गरिनुपर्छ ।”

 प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष बालानन्द शर्माले विश्व विद्यालयको सीमाङ्कन क्षेत्रभित्रको १०० रोपनी जग्गा समयमै अधिग्रहण गर्न, पहुँचमार्ग फराकिलो तुल्याउन तथा समितिमा नियुक्ति पाएका पदाधिकारीको पारिश्रमिकका लागि बजेट व्यवस्थाका लागि आग्रह गर्दै आयोजनाको लक्ष्यभन्दा बढी काम भएको जानकारी दिए ।

 सो अवसरमा अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिले रक्षामन्त्रालय मातहत सञ्चालित राष्ट्रिय गौरव र अन्य विकास आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए।

सो अवसरमा नेपाली सेना इन्जिनियरिङ महानिर्देशनालयका प्रमुख उपरथी शरदलाल श्रेष्ठले कर्णाली कोरिडरसहित विभिन्न सडक आयोजना र राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाका लागि समयमै बजेटको व्यवस्थापन गर्न आग्रह गरे।

द्रुतमार्ग आयोजनाको समग्र वित्तीय प्रगति १४.५१ र भौतिक प्रगति १६.१० रहेको जानकारी दिइयो । करिब एक खर्ब ७५ अर्ब १९ करोड लागत अनुमान गरिएको उक्त आयोजनाको हालसम्म बजेट खर्च रु २५ अर्ब ३९ करोड रहेको विवरण प्रस्तुत गरियो ।

समीक्षामा मन्त्रालयका सहसचिव डा बाबुराम अधिकारीले चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई विभिन्न निकायबाट प्राप्त स्रोतसमेत रु ६५ अर्ब ५४ करोड ९२ लाख बजेट प्राप्त भएकामा हालसम्मको वित्तीय प्रगति २७.६७ रहेको जानकारी दिए ।

 समीक्षामा मन्त्रालयका तर्फबाट द्रुतमार्गका लागि खोकना क्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ भएको, रुख कटानको जटिलता कायमै रहेको, प्रतिरक्षा विश्वविद्यालय बहुवर्षीय आयोजनका रूपमा स्वीकृत नभएको, बेरुजु फछ्र्योटमा विशेष ध्यान दिन जरुरी रहेको तथा  बहुवर्षीय योजनाअनुरूप बजेट सुनिश्चित हुनु पर्नेलगायतका विषयमा प्रस्तुती भएको थियो ।

 मन्त्रालय मातहत दू्रतमार्ग, विभिन्न पाँच वटा सडक आयोजना, प्रतिरक्षा विश्वविद्यालय निर्माण, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण, ऐतिहासिक गढी किल्ला संरक्षण र विकास, बङ्करदेखि ब्यारेकलगायतका महत्वपूर्ण आयोजना र कार्यक्रम सञ्चालनमा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending