Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा रिजाल

खबरडबली संवाददाता

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन् । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले समीक्षामा उठेको विषयवस्तुको गाम्भीर्यतालाई हेक्का गरी जिम्मेवारपूर्वक कार्य सम्पादन गर्न विभिन्न मन्त्रालयका सहभागी प्रतिनिधिलाई निर्देशन दिए।

उनले भने, “आज यो मन्त्रालयले के कुरा राख्यो, विभिन्न मन्त्रालयबाट आउनुभएको प्रतिनिधिले के कुरा सुने, के भन्नुभयो, एउटै बुझाइ हुनुप¥यो । अनि मात्र समयमै गुणस्तरीय परिणाम दिन सक्छौँ ।”

 प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा रहेको आयोजना ढिलासुस्ती र अनियमितता नहुने स्पष्ट  पारे । उनले भने, “शून्य बजेट कल्पना गरी कामको जिम्मेवारी दिइने प्रवृत्ति अन्त्य हुनुपर्छ, मुलुकका विभिन्न भागमा भएका विपद्का घटनापछि सेनाले जनतालाई सक्दो सहयोग पु¥याइरहेको छ । प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र नभई राज्यकै इज्जत र प्रतिष्ठा हो ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले राज्यले सफल अभ्यासका रूपमा राष्ट्रिय गौरवका सडक पूर्वाधार निर्माणमा सेनालाई जिम्मेवारी दिने क्रममा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रक्षा मन्त्रालयबाट सम्पादित कार्यलाई परिष्कृत र विशिष्टिकृत तुल्याउँदै लैजानुपर्छ, अनुकरणीय ढङ्गबाट अघि बढाउन खोजिएको प्रतिरक्षा विश्वविद्यालय निर्माणलाई सबै तहले सहयोग पु¥याउन आवश्यक छ, आयोजना समयमै पूरा गर्न बजेट, क्षमता र समयबीच तादात्म्यता मिलाउन सक्नुपर्छ ।”

मन्त्रालयका सचिव बेगेन्द्रराज शर्माले राष्ट्रिय गौरवलगायतका आयोजनामा कम्तीमा पनि पूर्वानुमानयोग्य बजेटको सुनिश्चितता हुन आवश्यक रहेको बताए । उनले भने, “बजेटको सुनिश्चितता, समयमै अख्तियारी, प्रतिरक्षा विश्वविद्यालयलाई बहुवर्षीय आयोजना स्वीकृति र बेरुजु फछ्र्योटमा सहजीकरण, सेनाको विज्ञता र व्यावसायिकताअनुसार जिम्मेवारी प्रदान गरिनुपर्छ ।”

 प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष बालानन्द शर्माले विश्व विद्यालयको सीमाङ्कन क्षेत्रभित्रको १०० रोपनी जग्गा समयमै अधिग्रहण गर्न, पहुँचमार्ग फराकिलो तुल्याउन तथा समितिमा नियुक्ति पाएका पदाधिकारीको पारिश्रमिकका लागि बजेट व्यवस्थाका लागि आग्रह गर्दै आयोजनाको लक्ष्यभन्दा बढी काम भएको जानकारी दिए ।

 सो अवसरमा अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिले रक्षामन्त्रालय मातहत सञ्चालित राष्ट्रिय गौरव र अन्य विकास आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए।

सो अवसरमा नेपाली सेना इन्जिनियरिङ महानिर्देशनालयका प्रमुख उपरथी शरदलाल श्रेष्ठले कर्णाली कोरिडरसहित विभिन्न सडक आयोजना र राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाका लागि समयमै बजेटको व्यवस्थापन गर्न आग्रह गरे।

द्रुतमार्ग आयोजनाको समग्र वित्तीय प्रगति १४.५१ र भौतिक प्रगति १६.१० रहेको जानकारी दिइयो । करिब एक खर्ब ७५ अर्ब १९ करोड लागत अनुमान गरिएको उक्त आयोजनाको हालसम्म बजेट खर्च रु २५ अर्ब ३९ करोड रहेको विवरण प्रस्तुत गरियो ।

समीक्षामा मन्त्रालयका सहसचिव डा बाबुराम अधिकारीले चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई विभिन्न निकायबाट प्राप्त स्रोतसमेत रु ६५ अर्ब ५४ करोड ९२ लाख बजेट प्राप्त भएकामा हालसम्मको वित्तीय प्रगति २७.६७ रहेको जानकारी दिए ।

 समीक्षामा मन्त्रालयका तर्फबाट द्रुतमार्गका लागि खोकना क्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ भएको, रुख कटानको जटिलता कायमै रहेको, प्रतिरक्षा विश्वविद्यालय बहुवर्षीय आयोजनका रूपमा स्वीकृत नभएको, बेरुजु फछ्र्योटमा विशेष ध्यान दिन जरुरी रहेको तथा  बहुवर्षीय योजनाअनुरूप बजेट सुनिश्चित हुनु पर्नेलगायतका विषयमा प्रस्तुती भएको थियो ।

 मन्त्रालय मातहत दू्रतमार्ग, विभिन्न पाँच वटा सडक आयोजना, प्रतिरक्षा विश्वविद्यालय निर्माण, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण, ऐतिहासिक गढी किल्ला संरक्षण र विकास, बङ्करदेखि ब्यारेकलगायतका महत्वपूर्ण आयोजना र कार्यक्रम सञ्चालनमा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending