Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

एकीकृत समाजवादीको निष्कर्ष : वामलोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउनुपर्छ

आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्न राजनीतिक संयन्त्र

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले वामलोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले वामलोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेको हो। 

बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘दक्षिणपन्थी तथा पुनरुत्थानवादी संभावित गठबन्धनप्रति सचेत रहँदै लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वामलोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउनुपर्छ।’

वामलोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी ढंगले संचालन गर्नका लागि हालै गठन भएको उच्च स्तरिय राजनीतिक समन्वय समिति गठन गरेको बताएका छन्। 

‘सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने र आगामी निर्वाचनसम्म नै गठबन्धनको काम व्यवस्थापनलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो प्रयत्न सराहनीय छ’ विज्ञप्तीमा लेखिएको छ, ‘आगामी दिनमा प्रतिगामी दक्षिणपन्थी शक्तिको विरुद्धमा यो मोर्चा सशक्त रुपमा कृयाशील गराउन निरन्तर पहलकदमी गर्न यो बैठक आवश्यक ठान्दछ ।’

समाजवाद निर्माणका आधार तयार गर्न सिंगो पार्टी पंक्तीलाई आह्वान समेत गरेको छ। देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादकोविरुद्ध हुनजाने उल्लेख गरेको छ। 

विज्ञप्तीमा लेखिएको छ, ‘आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ । न्यायिक सर्वोच्चता र स्वतंत्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ । कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु, उनीहरुका संगठन र नागरिक समाजका अगुवाहरु न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन्।’

न्याय क्षेत्रको देखिएको संकटप्रति गम्भीर ध्यानाकर्षण समेत गरेको छ। संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल समेत गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली न...

सदनको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। कांग्रेस नेताहरुसँगको छलफ...

युद्धविराम हमासको हातमा भएको बाइडेनको प्रतिक्रिया, हतियारको आपूर्ति बन्द गर्ने चेतावनी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्। सियाट...

काठमाडौंका यी क्षेत्रमा आज र भोलि जान्छ दैनिक ५ घण्टा बिजुली

काठमाडौं । काठमाडौंको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ।  विद्युत् प्राधिकरणले एक सूचना जारी गरी...

मेलम्ची खानेपानीको ‘हेडवर्क्स’ तत्काल नसार्न संसदीय उपसमितिको सुझाव

सिन्धुपाल्चोक । संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजन...

सदनका गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, कां‌ग्रेसलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाउन निरन्तर संवादमा छन्। गतिरोध अन्त्य गरेर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका ला...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ।  मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्...

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, लगत्तै पोलिटब्यूरो बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने पार्टीका उपमहासचिव जगन्...

चार प्रदेशमा मेघगर्जन र हुरीबताससहित भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागल...

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies