Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

खबरडबली संवाददाता
बाजुरा । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
 
यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्को भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।
 
यहाँका पूर्वी तथा उत्तरी भेग कोल्टी–मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर रु १८ का दरले रु ७५० भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिनुभएको छ । 
 
उहाँका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीले प्रतिकिलोमिटर रु १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ ।
 
साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन÷पेट्रोल÷डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर रु १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको उहाँले बताउनुभयो  । प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताउनुभयो ।
 
यस्तै डिजेल÷पेट्रोलमा पनि तोकिएभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाजुराले पटक–पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोके पनि जीप व्यवसायीले यात्रुबाट चर्को भाडा लिन छाडेका छैनन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending