वीरगञ्ज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ औँ राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गरेका छन् ।
मुख्यमन्त्री राउतले आज जारी गरेको सन्देशमा जनगणना लिनआउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । आउने गणकलाई आत्मीय व्यवहार गरौं । उनीहरुले सोधेका सबै प्रश्न धैर्यतापूर्वक सुनेर सही जवाफ दिन सबै प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु उल्लेख छ ।
केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण’ प्रदेशवासी दाजुभाइ दिदीबहिनीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुन:सम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछ, उनले सन्देशमा उल्लेख गरेका छन् ।
उनले सन्देशमा भनेका छन्, “जनगणना तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौदेखि असोज १८ सम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणक पारिवारिक र व्यक्तिगत विवरण लिन घर–घरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ ।” उनले सन्देशमा तपाईले टिपाएका तथ्याङ्क गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङग गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनुपर्दैन भनेका छन् ।
राज्यको पुन:संरचनापछि अर्थात देशले सङ्घीय शासन प्रणाली अङ्गाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्व छ । अझ प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । विसं २०७२ मा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो आफ्नै तथ्याङ्क थिएन । २०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छांै । तर यसपाली जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ जुनखुशीको कुरा हो, उनले सन्देशमा उल्लेख गरेका छन् ।
हाम्रो प्रदेशको जनसङ्ख्या कति छ ? कुनकुन जात जातिका मानिको बसोबास छ ? कुनधर्म र संस्कृतिका मानिस कति छन ? कुन भाषा बोल्ने मानिसको बाहुल्यता छ ? सामाजिक वहिष्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ, सन्देशमा उनले भनेका छन् ।
मुख्यमन्त्री राउतले आफूले टिपाएको सही तथ्याङ्कले आफनै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने कुरा सबैले बुझनुपर्दछ भने । यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको नगरेको, वडातहसम्म सामुदायिक भवनको अवस्था के कस्तो छ जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जारी सन्देशमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: