Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान

रासस

वीरगञ्ज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ औँ राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गरेका छन्  । 

मुख्यमन्त्री राउतले आज जारी गरेको सन्देशमा जनगणना लिनआउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । आउने गणकलाई आत्मीय व्यवहार गरौं । उनीहरुले सोधेका सबै प्रश्न धैर्यतापूर्वक सुनेर सही जवाफ दिन सबै प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु उल्लेख छ । 

केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण’ प्रदेशवासी दाजुभाइ दिदीबहिनीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुन:सम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछ, उनले  सन्देशमा उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, “जनगणना तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौदेखि असोज १८ सम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणक पारिवारिक र व्यक्तिगत विवरण लिन घर–घरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ ।” उनले सन्देशमा तपाईले टिपाएका तथ्याङ्क गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङग गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनुपर्दैन भनेका छन् । 

राज्यको पुन:संरचनापछि अर्थात देशले सङ्घीय शासन प्रणाली अङ्गाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्व छ । अझ प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । विसं २०७२ मा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो आफ्नै तथ्याङ्क थिएन । २०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छांै । तर यसपाली जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ जुनखुशीको कुरा हो, उनले सन्देशमा उल्लेख गरेका छन्   ।

हाम्रो प्रदेशको जनसङ्ख्या कति छ ? कुनकुन जात जातिका मानिको बसोबास छ ? कुनधर्म र संस्कृतिका मानिस कति छन ? कुन भाषा बोल्ने मानिसको बाहुल्यता छ ? सामाजिक वहिष्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ, सन्देशमा उनले भनेका छन्   ।

मुख्यमन्त्री राउतले आफूले टिपाएको सही तथ्याङ्कले आफनै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने कुरा सबैले बुझनुपर्दछ भने । यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको नगरेको, वडातहसम्म सामुदायिक भवनको अवस्था के कस्तो छ जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जारी सन्देशमा उल्लेख छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies