चितवन । तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ । छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो ।
जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ मा सात–आठजना मात्रै भक्तजन हुने गर्दथे । अहिले उक्त स्थानमा हजारौं भक्तजनले छठपूजा गर्ने गरेको जानकार बताउँछन् । सुरुआती समयमा तराईमूलका समुदायले मात्र मनाउँदै आएको यो पर्व पछिल्लो समयमा अन्य मूलका समुदायले पनि मनाउन थालेपछि भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।
विषेशगरी पहाडी मूलका समुदायको यसपर्वतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । विसं २०२२ मा सात–आठ परिवार मात्रै पूजा गर्नुहुने गरेको सम्झदै राजकुमार गुप्ताले भने, “अहिले यसको महत्व बढ्दै गएकाले भक्तजनको चाप पनि बढ्दै गएको छ ।” त्यो समयमा छठ पर्वको महत्व के हो भन्ने बारेमा बुझ्न नसक्दा यसपर्व मान्ने मानिस तराई समुदायको मात्रै हुने गरेको भए पनि अहिले आएर सबै मूलका समुदायले छठपर्व मनाउन थालेका छन् । तराईबाट यहाँ बसोबास गर्नेको चाप बढ्नु र अन्य समुदायले पनि यो पर्वलाई महत्व दिन थालेको उनले बताए ।
हिन्दू धर्मालम्बी भन्दापनि अन्य धर्म मान्नेलेसमेत छठको पूजा गर्न थालेको उनले जानकारी दिए । उनले भने, “छठीमाताको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ ।” यस पर्वमा पूजा गर्नाले रोग निको हुने जनविश्वास रहँदै आएको छ । छठ पर्वको दिन दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गर्ने र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने गर्दछन् ।
छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । अन्य भने साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यो पर्ब मनाउने गर्दछन् । गुप्ताले भने, “अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदा स्वास्थ्य राम्रो हुने जनविश्वास छ ।”
भरतपुर महानगरपालिका–१८ निवासी पहाडीमूलकी ७० वर्षीया पुजनदेवी घिमिरेले विगत १० वर्षदेखि हरेक वर्ष छठको पूजा गर्दै आएका छन् । १० वर्षअघि गरेको भाकल पूरा भएपछि सधैँ पूजा गर्दै आएको उनले बताए । अहिले मेला व्यवस्थापनका लागि तराई सामुदायिक सेवा समितिका पूर्वअध्यक्ष कृष्णराज गुप्ताको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको छ । समितिका सदस्य राजकुमार कानुका अनुसार मेला व्यवस्थापनको काम भइरहेको छ । उहाँले पछिल्लो समयमा पहाडिया समुदायका व्यक्ति पनि छठपूजा गर्न आउन थालेको बताए । उनले भने, “अहिले छठपूजाका लागि पहाडिया समुदायबाट १० प्रतिशत आउने गरेका छन् ।” विस्तारै प्रचारप्रसार र विश्वासका कारण यसको महत्व बढ्दै गएको उहाँले बताए ।
छठपर्वका लागि यहाँको नारायणी नदी किनार सिँगारिएको छ । नदी किनारमा टेन्ट टाँङ्गर्ने, पूजाआजाका लागि स्थान बनाउने, नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ । समितिका सल्लाहाकार राजकुमार गुप्ताले विगत वर्ष कोरोनाका कारण सबैले घरघर मनाएको छठपर्व यसवर्ष कोरोना सङ्क्रमण कम भएकाले स्वास्थ्य मापदण्डको पालना गरी नदी किनारमा मनाउन लागिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: