Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

संवैधानिक नियुक्ति मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासबाट

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीशको उपस्थिति सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास कार्य सञ्चालन) नियमावलीको नियम १७(२)ख बमोजिम संयुक्त इजलासमा विचाराधीन डा. गणेश रेग्मी र दिपकविक्रम मिश्रको रिट/मुद्दा मंगलबार संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।

रेग्मी र मिश्रले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास संविधानले परिकल्पना नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा न्यायाधीश हरि फुयालको एकल इजलासले मुद्दा किनारा नलागेसम्म सुनुवाइ नै स्थगित गर्न आदेश दिएको थियो ।

केपी ओली सरकारले दुई चरणमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेका नियुक्ति गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ गर्ने तय भएको थियो ।

रिट परेको झण्डै ९ महिनापछि पेशी तोकिएको थियो । तर प्रधानन्यायाधीश जबराकै नेतृत्वमा इजलास गठन भएपछि रिट निवेदकहरुले नियुक्ति प्रक्रियामा संवैधानिक परिषदको सदस्यको हैसियतले जबरा पनि सहभागी भएको भन्दै स्वार्थ बाझिने भएकाले यो मुद्दा हेर्न नहुने माग गरेका थिए ।

निवेदकको विरोधपछि प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइमा आफू विदामा बस्ने घोषणा गरेका थिए । यसविरुद्ध अधिवक्ताद्वय रेग्मी र मिश्रले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश बस्ने वा नबस्ने टुंगो नलागेसम्म सुनुवाइ नगर्न अन्तरिम आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ रोकिएको थियो । विरोध भएपछि संयुक्त इजलासमा पठाइएको थियो । संयुक्त इजलासमा विचाराधीन संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद अब संवैधानिक इजलासमा पुगेको हो ।

अहिले न्यालय शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा मागिरहेका कानुन व्यवसायीले राजीनामा माग्नुको एक कारण संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा न्यायिक अवरोध गरेको भनिरहेका छन् । यहीँ बेला प्रधानन्यायाधीश जबराले यो विवादलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनिक निर्णयअन्तर्गत रिट निवेदकको मागअनुसार  प्रधानन्यायाधीशले संवैधानिक इजलासमा मुद्दा पठाउने निर्णय गरेको जानकारी दिए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending