Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

दुम्किबास– त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुन्छ: मुख्यमन्त्री पोखरेल

खबरडबली संवाददाता

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुने बताएका छन् । निकुञ्जका कारण सडक खोल्न रोकिएको यस खण्डमा सडक निर्माणको सहमति ल्याउन सके कोरला–त्रिवेणीको सपना साकार हुने उनले बताए  । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएको क्षयरोग  पे्रषण केन्द्र भवनको उद्घाटन कार्यक्रममा आफ्ना धारणा राख्दै मुख्यमन्त्री पोखरेलले दुम्किबास–त्रिवेणी सडक निर्माणका लागि पहल भइरहेको बताए  । “दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो काम गर्न सकेन, किन सकेन भने निकुञ्जका कारणले सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रियामा लान पर्‍यो, निकुञ्जबाट त्यो क्षेत्र  छुट्टिने बित्तिकै हामी काम थाल्छौँ, यो केन्द्र सरकारलाई भनेका छौँ, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो,” मुख्यमन्त्री पोखरेलले भने । 

यदि युनेस्को भनेर रोकियो भने सधैँ यसै बसिरहन नसक्ने भएकाले   विकल्पमा  करिब आठ किलोमिटर  निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको उनले बताए  ।  यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने उनको भनाइ थियो । त्यसका लागि सम्भाव्यता अध्ययन गर्नेसमेत मुख्यमन्त्री पोखरेलले बताए । 

गण्डकी प्रदेशको भारतसँग जोडिएका एक मात्रै नाका त्रिवेणी पुग्न अहिले लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेको छ । दुम्किबासबाट करिब १९ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । यसै खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सडक निर्माणको प्रक्रिया अगाडि बढाउन समस्या रहेको छ । 

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार क्षमताअनुसार विभिन्न विषयमा  संवेदनशील भएर काम गरिरहेको बताए । बाढीका कारण  भएको क्षतिमा तत्काल दिने राहतबाहेक नोक्सानीको विवरण सङ्कलन गरी राहत दिने तयारी, बिरामीलाई रगत चाहिएको अवस्थामा विभिन्न परीक्षणले गर्दा रगतको समेत पैसा दिनुपर्ने अवस्था भएकाले त्यसलाई नि:शुल्क बनाउन लागेको उनले बताए  ।

सडक मानवमुक्त प्रदेश बनाउन, कोही पनि सडकमा बेवारिसे बनाउन हुन्न भनेर लागेको, महिलाहरूको पाठेघर, स्तन क्यान्सरको प्रदेश सरकारले नि:शुल्क उपचार गर्ने मुख्यमन्त्री पोखरेलले बताए । कार्यविधि तयार गरी योजना कार्यान्वयन गरिने उनले बताए  । प्रदेश सरकार आफूसँग भएको साधन स्रोतका आधारमा मानवीय रुपमा जनतासँग छौँ भनेर सन्देश दिने प्रयत्न गरेको उनले बताए  । 

बुधबार मुख्यमन्त्री पोखरेलले उद्घाटन गरेको मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएको जटिल प्रकारका क्षयरोग पे्रषण केन्द्रको भवन नयाँ जीवनका लागि हातेमालो र दामियन फाउन्डेसन बेल्जियम नेपालको रु एक करोड २६ लाख ९० हजार २९५ को लागतमा निर्माण गरिएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies