Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

डुबानका घर सरसफाइ गरिँदै, अजिङ्गर र सर्पको डर

खबरडबली संवाददाता

कैलाली । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उनको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ । “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा र फोहर भरिएको छ । दुई दिनदेखि सरसफाइ गरिरहेका छौँ”, उनले भने, “घर सफा गर्ने क्रममा दुईवटा सर्प निस्किए, निकै जोगिएर सरसफाइ गरिरहेका छौँ ।”

भजनीका छहरा धामीको घर पनि बाढीले भत्कायो । बाढीले घरका भित्ता भत्काउनुका साथै घरमा भएको सबै सामान भिजाएपछि छहराको परिवार पनि विस्थापित भयो । उनीहरु पनि विद्यालयमा गएर बसे । तिहार नजिकिएपछि छहराका श्रीमान् कमाउन भारततिर लागे भने छहरा र उनका बालबच्चा घर फर्किएका छन् । घर फर्किएर सरसफाइमा खटेकी छहराको घरमा पनि सर्पले बास गरेको रहेछ । “घर त फोहर किटपतङ्गले भरिएको छ । बस्न सकिएलाजस्तो लाग्दैन तर कति दिन अर्काको घरमा बस्नु भनी सरसफाइ गर्न थालेकी छु”, उनले भनिन्, “छिमेकीको सहयोगमा भत्किएका भित्ता लगाइयो, अब लिपपोत गर्न र घरभित्र भरिएको फोहर सफा गर्दैछु ।”

बाढीपछि लक्ष्मी, छहराको मात्रै होइन प्रभावित क्षेत्रमा रहेका घर तथा वरपर सर्प, बिच्छी र अन्य किटपतङ्ग घरमा पसेका हुन्छन् । कैलालीमै सर्प तथा अजिङ्गर पाइने वनका नामले चिनिने सत्ती कर्णाली सामुदायिक वनमा समेत बाढी पसेको छ । बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पु¥याएको हुनसक्ने स्थानीय रमेश टमट्टा बताउँछन् । “बाढीले हरेक वर्ष अजिङ्गर बस्तीमा पु¥याउँछ । बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन्”,उनले भने, “स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गरिदिने  गर्नुपर्छ ।”

यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । “बाढीको समयमा जताततै फोहर भएको छ । झारपात बगेर आएर बस्तीमा पसेको छ । फोहरका कारण महामारी फैलनसमेत सक्छ”, टीकापुर अस्पतालका डा लालसिंह टमट्टा भन्छन्, “यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ । बाढीले आर्थिकरूपमा समेत रित्तिएकाहरुलाई महामारी फैलिएमा थप समस्या हुनसक्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending