काठमाडौं । चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो ।
फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडि छ । तथ्याङ्कअनुसार टेलिकमका ६२ लाख ६८ हजार फोरजी प्रयोगकर्ता छन् । टेलिकम एक महिनाकै अन्तरमा करिब १० लाख फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ ।
चाडबाड तथा कोभिड सङ्क्रमण न्यून भएपछि बढेको आवतजावतले ग्रामीण क्षेत्रसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या बढ्दा कुल प्रयोगकर्ता एकै पटक बढेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । टेलिकमले २० अर्ब रुपियाँभन्दा बढी लगानीमा देशैभर फोरजी विस्तार गर्ने परियोजना कार्यान्वयन गरेको थियो ।
दोस्रो स्थानमा एनसेल रहेको छ । जसका ५७ लाख २५ हजार फोरजी प्रयोगकर्ता छन् । फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले एनसेल लामो समयसम्म अग्रस्थानमा थियो । भदौमा एकै पटक करिब १० लाख प्रयोगकर्ता थपिएपछि टेलिकम पहिलो पटक धेरै फोरजी प्रयोगकर्ता हुनेको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । सीमित क्षेत्रमा मात्र सेवा उपलब्ध गराइरहेको स्मार्ट टेलिकमका सबैभन्दा कम फोरजी प्रयोगकर्ता छन् । प्राधिकरणको तथ्याङ्कअनुसार एक लाख ७६ हजारले स्मार्ट टेलिकमको फोरजी प्रयोग गर्छन् ।
फोरजी प्रयोगकर्ताको सङ्ख्यामा निरन्तर वृद्धि भइरहँदा तेस्रो पुस्ताको थ्रीजी प्रविधिका प्रयोगकर्ता भने घटेका छन् । फोरजीका तुलनामा निकै कम गतिको इन्टरनेट सुविधा उपलब्ध हुने थ्रीजी देशभर एक करोड २६ लाख ४८ हजार प्रयोग गर्छन् । जब कि साउनसम्म एक करोड २६ लाख ७२ हजारले थ्रीजी प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ । त्यसअघि असारसम्म करिब एक करोड २९ लाखले थ्रीजी प्रयोग गरेको देखिन्छ । असारयता थ्रीजी प्रयोगकर्ता घटिरहेको प्राधिकरणको तथ्याङ्कले पुष्टि गर्छ । यो समाचार गोेरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - १५:५८
काठमाडौँ । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...
श्रावण १६ गते, २०८३ - १५:५२
काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...
श्रावण १६ गते, २०८३ - १५:२६
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...
श्रावण १६ गते, २०८३ - १५:२०
काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...
श्रावण १६ गते, २०८३ - १५:११
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...
श्रावण १६ गते, २०८३ - १४:४८
सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...
श्रावण १६ गते, २०८३ - १४:३३
सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...
श्रावण १६ गते, २०८३ - १४:२६
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...



प्रतिकृया लेख्नुहोस्: