काठमाडौँ । शाहरुख खानका छोरा आर्यन खान जेलबाट छुटेका छन् । गत २ अक्टोबरमा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरेको थियो ।
आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको दुईपटक जमानत रद्द गरिएको थियो । यद्यपि उनलाई सशर्त हाई कोर्टले रिहा गर्ने आदेश दिएको छ । मुम्बईस्थित आर्थर रोड जेलमा रहेका आर्यनलाई लिन उनका पिता शाहरुख नै पुगेका थिए ।
आर्यनलाई १४ सर्तसहित रिहा
१. एक लाख बराबर जमानतको लागि बोन्ड ।
२. सम्पूर्ण रिहा गरिएको निवेदक वा आरोपी फेरि त्यस्तै प्रकृतिको आरोपमा पक्राउ पर्न नहुने ।
३. निवेदक वा आरोपीले एक आपसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्न नपाउने । यस मुद्दालाई लिएर साथीभाइसँग पनि कुराकानी गर्न नपाइने ।
४. कोर्टमा चलिरहेको मुद्दामा कुनै पनि प्रकारको कारबाही गरिने छैन । त्यसमा निवेदक वा आरोपीले अन्य प्रावधानमार्फत कुनै कारबाही गर्न पाउने छैन ।
५. निवेदक वा आरोपी कसैले पनि विट्नेस वा प्रमाणसँग कुनै प्रकारको छेडछाड वा सम्बन्ध स्थापित गर्न पाउने छैनन् ।
६. स्पेसल कोर्टमा सम्पूर्ण निवेदक वा आरोपीले आफ्नो राहदानी जम्मा गराउनुपर्ने छ । उनीहरू देश छाडेर कतै जान पाउने छैनन् ।
७. निवेदक वा आरोपीले यस विषयमा सोसल मिडिया, मिडियालगायत कुनै पनि प्लेटफर्ममा कुराकानी गर्न पाउने छैनन् ।
८. निवेदक वा आरोपीले विदेश यात्रा गर्नु परेमा एनडिपी कोर्टका न्यायाधीशसँग स्वीकृति लिएर मात्र यात्रा गर्न पाउने छ ।
९. निवेदक वा आरोपीले मुम्बई बाहिर जानुपरेमा केस जाँच गरिरहेका अफिसरलाई सम्पूर्ण डिटेल जानकारी गराएर स्वीकृति पाएमा मात्र यात्रा गर्न पाउने छन् ।
१०. हरेक हप्ताको शुक्रबार निवेदक वा आरोपीले एनसीबी मुम्बईमा आएर आफ्नो हाजिरी दिनुपर्ने छ ।
११. आरोपी वा निवेदकले कोर्टमा पाउने तारिखमा अनिवार्य उपस्थिति जनाउनुपर्ने छ ।
१२. एनसीबीले जाँचका लागि बोलाएको समयमा अनिवार्य रूपमा निवेदक वा आरोपी उपस्थित हुनै पर्नेछ ।
१३. यस मुद्दामा हुनु सुनुवाइलाई कुनै पनि बहानामा आरोपी वा निवेदकले सार्न पाउने छैनन् ।
१४. आरोपी वा निवेदकले माथि उल्लेखित कुनै पनि बुँदालाई उल्लंघन गरेमामा एनसीबीले न्यायाधीशसमक्ष रिहाइ रद्दको लागि आग्रह गर्न सक्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: