Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदै, को बन्ला मुख्यमन्त्री ?

खबरडबली संवाददाता

बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार  विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत कात्तिक ४ गतेको  बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकाले  दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेशसभामा हाल सत्तापक्ष (नेकपा एमाले)का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई,  राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

यहाँ विश्वासको मत पाउन ५५ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनमा ५९ जना सांसद छन्। प्रदेश सभामा रहेका विवेकशील साझाका ३ सांसद, नेमकिपा र राप्रपाका सांसदले कता मतदान गर्छन् खुलेको छैन।

बागमती प्रदेशमा कुनै नाटकीय परिवर्तन भएन भने मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने छैनन्। विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रालयमै मन्त्री पुनको निवासको व्यवस्थापन, नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...

कैलालीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, सदनको अवरोध अन्त्यबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित संसद्को कार्यव्यवस्था परामर्श हलमा सर्वदलीय बैठक जारी छ।...

सहकारी ठगी आरोपमा इन्द्रेणी सहकारीका अध्यक्ष पक्राउ

लेखनाथ। बाँकेको नेपालगन्जस्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मङ्गलबार पोखरा महान...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेको लागि सर्‍यो

काठमाडौं । निर्धारित समयमै सुरु हुन नसकेपछि प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कार...

कर हेरफेर आरोपमा छानबिनको मागप्रति अर्थमन्त्री वाग्ले आक्रोशित, ‘संसद् त्यति सस्तो होइन’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेर गरिएको भन्ने आरोपका आधारमा जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छ...

संसद् अवरोधप्रति अर्थमन्त्री वाग्लेको असन्तुष्टि, बजेटमाथि छलफल रोकिएको गुनासो

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...

गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथी संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending