Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

कर हेरफेर आरोपमा छानबिनको मागप्रति अर्थमन्त्री वाग्ले आक्रोशित, ‘संसद् त्यति सस्तो होइन’

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेर गरिएको भन्ने आरोपका आधारमा जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पर्याप्त आधार र प्रमाणबिना संसदीय छानबिन समिति गठनको माग उठाइनु उचित नभएको बताए।

‘जथाभावी संसदीय छानबिन १ के संसद् त्यति सस्तो भयो रु संसदीय छानबिन भन्नलाई।।।,’ उनले भने।

हाल विपक्षी दलहरूले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा तथा संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन्। त्यसको जवाफमा वाग्लेले छानबिनको औचित्य पुष्टि हुने कुनै आधार नरहेको दाबी गरे।

उनले छानबिन समितिको काम र उद्देश्य स्पष्ट पार्ने प्रयास गर्दै भने, ‘माननीय सांसदहरू बिहान उठ्नुभयो, नुहाइधुवाइ गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो। माइतीघर आइपुग्दा पौने ८ बजेको रहेछ। छानबिनले पत्ता लगाउने त त्यही हो।’

उनका अनुसार छानबिन तब आवश्यक हुन्छ जब कुनै अवैध काम भएको प्रमाण, उजुरी, फोन वा सन्देशमार्फत प्रभाव पारिएको तथ्य, वा कागजातमा गम्भीर कैफियत देखिन्छ।

‘अवैध काम गरेको छ, उजुरी परेको छ, फोन ट्याप गरेको छ, सन्देश गरेको प्रमाण छ, कागजातमा कैफियत देखिन्छ भने छानबिन गर्ने हो,’ उनले भने।

विपक्षी दलहरूले करका दर परिवर्तन गरिएको र त्यससम्बन्धी सूचना चुहावट भएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि प्रश्न उठाइरहेका छन्। तर वाग्लेले यी आरोप छानबिन समिति गठन गर्नुपर्ने तहका नभएको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते आर्थिक विधेयक संसद्मा प्रस्तुत गरेका थिए। त्यसयता संसद्मा पेस गरिएको र अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको विधेयकबीच भिन्नता देखिएको भन्दै विवाद उत्पन्न भएको हो।

समाचारअनुसार संसद्मा पेस गरिएको आर्थिक विधेयक ४६४ पृष्ठको रहेको थियो भने अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो संस्करण ४४८ पृष्ठको छ। यसले १६ पृष्ठ हटाइएको आशंका जन्माएको छ।

यसबाहेक, संसद्मा दर्ता भएको र पछि सार्वजनिक गरिएको विधेयकमा करसम्बन्धी व्यवस्थामा समेत फरक देखिएको दाबी गरिएको छ।

संसदीय प्रक्रियाका जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा कुनै संशोधन गर्नुअघि संसद्को स्वीकृति आवश्यक हुन्छ। त्यसका लागि औपचारिक रूपमा संशोधन प्रस्ताव दर्ता गरी प्रक्रिया पूरा गर्नुपर्छ। संसद्मा पुगेको विधेयक अर्थ मन्त्रालयले एकतर्फी रूपमा सच्याउन नपाउने व्यवस्था रहेको बताइन्छ।

यही विषयलाई लिएर नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending