पाल्पा । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् ।
यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।
युवा सङ्घका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गरे । “गाडीधनीले मनपरी भाडा लिने गरेका छन्, कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन्” उनले भने ।
बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको मनिराम पौडेलले बताए । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २०० भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।
यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताए । “समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ”, नगर प्रमुख थापाले भने ।
इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउँदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने र गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने धारणा राखे । उनले भने, “सर्वसाधारण नागरिकबाट आएका गुनासा र समस्यालाई समाधानको पाटो खोजिनुपर्ने, टिकट सिस्टम लागू गरियो भने यात्रु गाडी भाडाबाट ठगिने क्रम रोकिने छ, म आफैँ पनि यात्रा गर्ने क्रममा रामपुर नगरभित्र चर्को भाडा तिरेर यात्रा गर्नुपरेको अवस्था छ ।”
नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले रामपुर बेझाड बजारदेखि रामटारसम्म समितिले रु २०० एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठेपनि समितिमा भने आधिकारिक जानकारी नआएको बताए ।
केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिँदै उहाँले यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाङ्गरे गाडीमा आकर्षित हुने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको बताए । यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्रा गर्न सहज हुने र आफू भाडामा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले सबैमा आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: