Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गाडी भाडामा यात्रु ठगिएको गुनासो

खबरडबली संवाददाता

पाल्पा । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् ।

यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।

युवा सङ्घका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गरे । “गाडीधनीले मनपरी भाडा लिने गरेका छन्, कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन्” उनले भने ।

बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको मनिराम पौडेलले बताए । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २००  भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ । 

यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताए । “समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ”, नगर प्रमुख थापाले भने । 

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउँदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने र गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने धारणा राखे । उनले भने, “सर्वसाधारण नागरिकबाट आएका गुनासा र समस्यालाई समाधानको पाटो खोजिनुपर्ने, टिकट सिस्टम लागू गरियो भने यात्रु गाडी भाडाबाट ठगिने क्रम रोकिने छ, म आफैँ पनि यात्रा गर्ने क्रममा रामपुर नगरभित्र चर्को भाडा तिरेर यात्रा गर्नुपरेको अवस्था छ ।” 

नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले रामपुर बेझाड बजारदेखि रामटारसम्म समितिले रु २०० एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठेपनि समितिमा भने आधिकारिक जानकारी नआएको बताए ।

केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिँदै उहाँले यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाङ्गरे गाडीमा आकर्षित हुने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको बताए । यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्रा गर्न सहज हुने र आफू भाडामा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले सबैमा आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending