Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताएका छन् । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताएको हो ।

“अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ”, प्रधानमन्त्री देउवाले भने, “त्यसपश्चात् दीर्घकालीनरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।” उनले बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीनरुपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुबानका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेका अवस्थामा उनीहरुका लागि दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट गरे। 

साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्षरुपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आस्वासन दिए। 

आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो ।

कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर...

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्...

गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका न...

गण्डकी प्रदेशसभा अधिवेशन ७ गतेदेखि आव्हान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन...

साउदीलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो...

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको का...

इलाम २ र बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ ।  निर्...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी...

सल्यान दुर्घटना अपडेटः गम्भीर घाइते चार जनालाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारे...

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक व...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies