कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताएका छन् । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताएको हो ।
“अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ”, प्रधानमन्त्री देउवाले भने, “त्यसपश्चात् दीर्घकालीनरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।” उनले बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीनरुपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुबानका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेका अवस्थामा उनीहरुका लागि दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट गरे।
साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्षरुपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आस्वासन दिए।
आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो ।
कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: