कञ्चनपुर । महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण गरिएको कालोपत्र सडक बग्नुको कारणबारे छानबिनको माग गरिएको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टैरूपमा विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।
नेकपा ९एमाले० भीमदत्त नगर कमिटीका अध्यक्ष रमेश तिरुवा र सचिव भगतसिंह विकले विज्ञप्ति जारी गर्दै पहुँचमार्ग बग्नुको कारणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “महाकाली नदीमा निर्माणाधीन पुलको पहुँचमार्ग ९भाइरल रोड० निर्माणमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन रहेको व्यापक जनगुनासो आएको हुँदा उक्त निर्माणकार्यको आवश्यक छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ ।”
यसैगरी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, वाइसीएल सचिव तिलक जप्रेल, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका संयोजक रमेश पन्त र युवासङ्घ नेपालका सहसंयोजक मुकेश सिंहद्वारा जारी संयुक्त विज्ञप्तिमा भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र १४ लाई जोड्ने छ लेनको महाकाली पुलको आयोजना राष्ट्रकै गौरवको योजनाका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण क्षतविक्षत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आयोजनामा भएको प्राविधिक कमजोरी गुणस्तरमा कमी तथा अन्य कमीकमजोरी के–कति कारणले भएको भन्ने कुराको सत्यतथ्य छानबिन गर्न समिति गठन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।” निर्माणाधीन चार लेनको पुलबाट भुजेलाखोलासम्म ३०० मिटरभन्दा बढी पहुँचमार्ग महाकाली नदीले बगाएको छ । सडक भत्किएपछि ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार गुणस्तरीय सामग्री प्रयोग नगरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले बालुवाको प्रयोग गरी सडक निर्माण गर्दा भत्किएको आरोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: