खोटाङ । साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
गत असोज १७ गतेबाट सुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए । गाउँपालिकाले वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, वडा नं ४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ र वडा नं ५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् ।
कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएकाले त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “बैंकमार्फत वितरण गर्दा यसअघि वितरण गरिँदै आइएको रकममा आधा घटेको छ”, उनले भने, “बैंकमा आएर भत्ता बुझ्न लक्षित वर्गलाई समस्या हुने भएकाले उनीहरुको सहजताका लागि उनीहरुको टोलमै शिविर सञ्चालन गरेर वितरण गरिएको हो ।”
साकेला गाउँपालिकामा यसअघि सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएको थियो । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजानुअघि वडा सचिवले घरघरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए । साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अनियमितताका विषयमा गृहमन्त्रालयले समेत चासो व्यक्त गरेको थियो ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरे पनि गाउँमै पुगेर भने वितरण गरेको छैन । गाउँ तथा टोलमा लगेर भत्ता वितरण नगर्दा अशक्त वृद्धवृद्धा र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समस्या देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: