काठमाडौं । सर्वोच्च अदालतले इच्छा विपरित गर्भधारणपछि जन्माएको शिशु हत्यामा चर्को सजायँ पाएकी पर्वतका एक किशोरीलाई सजायमा उदारता देखाएको छ ।
पर्वत जिल्ला अदालतले ती कोशोरीको अवस्था विचार गर्दै साढे १२ वर्ष कैद हुने ठहर्याएको थियो । त्यसलाई उच्च अदालत पोखरा, बाग्लुङ इजलासले पाँच वर्षमा झारेको थियो । विवाह नगरेकी किशोरीले जन्माएको शिशु हत्याको घटनामा सर्वोच्च अदालतले बाबु र आमा दुबैलाई दोषी ठहर गर्दै त्यसलाई पनि घटाएर दुई वर्ष कैद हुने फैसला गरेको हो । सर्वोच्चले हत्या भएको शिशुको आमा कुश्मादेवी (परिवर्तित नाम) र बाबु पर्वतका मनबहादुर मल्लमाथिको सजायलाई पनि सदर गरेको हो । १८ वर्ष नपुगेकी नवजात शिशुकी आमा कुश्मादेवी भक्तपुरको बाल सुधार गृहमा थिइन् ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले ‘असुरक्षित यौन सम्बन्ध हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जन्मेको बच्चाको हत्या गरेको परिस्थितलाई विचार गरी न्यूनतम सजाय गर्न उपयुक्त हुने’ भन्दै दुई वर्ष कैद गर्ने आदेश गरेको हो । सर्वोच्चको यस फैसलाले यसअघि शिशु हत्यामा आमालाई मात्र दोषी ठहर हुने गरेकोमा अब आमा–बुवा दुवैले सजाँय पाउने नजिर स्थापित गरेको छ । यस फैसलापछि शारीरिक सम्पर्कमा संलग्नतापछि भाग्ने पुरुषहरु कानूनी दायरामा आउने भएको छ ।
२०७५ को भदौ १८ गत पर्वतको फलेवास–१० स्थित ठूलो कुलोमा बग्दै गरेको नवजात शिशु गाउँलेले फेला पारेका थिए । मृत्यु भइसकेको उक्त शिशु कुलोबाट निकालेपछि प्रहरीलाई खबर गरिएको थियो, त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । शव भेटिएको दुई दिनपछि प्रहरीले स्थानीय १६ वर्षीया किशोरीलाई पक्राउ गरेको थियो । पक्राउ परेकी उनले गणेश भनिने मनबहादुर मल्लसँगको यौनसम्पर्कबाट गर्भ रहेको र शिशु जन्मेपछि हत्या गरेर कुलोमा बगाइदिएको बताएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: