काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ ।
नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अङ्कले घटेर ४८५.९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ । कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा पर्यटन १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, वित्त ९७.१२, निर्जीवन बीमा १८८.५, उत्पादन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बीमा २७२.१४, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.३३ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६ लाख १६ हजार २२१ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु १४ करोड २४ लाख ३८ हजार ७५३, रिडी हाइड्रोपावर रु १४ करोड १० लाख ८६ हजार ४०२, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख १० हजार ९१० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९।९७, स्वाभिमान लघुवित्त ६.०५, सबैको लघुवित्त २.०८, प्रिमियर इन्स्योरेन्स १.७३ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले १.५६ प्रतिशतले कमाए । त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९.१९, रैराङ हाइड्रोपावर ९.१३, माउण्टेन हाइड्रो ८.५५, छ्याङ्दी हाइड्रो ७.९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - ०९:३२
काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...
बैशाख १४ गते, २०८१ - ०९:११
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...
बैशाख १४ गते, २०८१ - ०९:०९
ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...
बैशाख १४ गते, २०८१ - ०९:०४
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...
बैशाख १४ गते, २०८१ - ०८:३९
वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...
बैशाख १४ गते, २०८१ - ०८:३४
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...
बैशाख १४ गते, २०८१ - ०८:१९
काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...
बैशाख १४ गते, २०८१ - ०७:५०
काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् । विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...
बैशाख १४ गते, २०८१ - ०७:२८
काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...
बैशाख १४ गते, २०८१ - ०७:२०
तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
प्रतिकृया लेख्नुहोस्: