Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

छ वर्षमा पनि पुन:निर्माण भएन दश अवतार मन्दिर

खबरडबली संवाददाता

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको दश अवतार मन्दिर पुन:निर्माण सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
 
आर्थिक वर्ष २०७३/७४ देखि प्रारम्भ भएको मन्दिर पुन:निर्माणको म्याद चार पटक थप्दा पनि सम्पन्न हुन सकेको छैन ।  पाँचौँ पटक म्याद थप्ने तयारी सुरु भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । पुरातत्व विभागले प्राकृतिक/सानु सुवाल/एसपी जेभीलाई रु तीन करोड ७५ लाखमा मन्दिर पुन:निर्माणको ठेक्का दिएको हो । वि.सं. २०७३ साउन ३० गते काम सुरु भएको सो आयोजना २०७५ साउन १५ भित्र सक्ने लक्ष्य थियो । काम नसकिएपछि पहिलोपटक २०७५ साउन १६ देखि २०७६ असार १५ गतेसम्म म्याद थपिएको अड्डाका इञ्जिनीयर सञ्जीवमान श्रेष्ठले  जानकारी दिए । 

पहिलो म्यादमा काम नसकिएपछि विभागले आठ महिना अर्थात् २०७६ चैत १५ गतेसम्मको अवधि थप गरेको थियो । दोस्रो पटक म्याद थपिएको अन्तिम समयमा कोरोना महामारी सुरु भएपछि तेस्रो पटक चैत १६ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभन्दा बढी समय दिए पनि निर्माण व्यवसायीले काम सम्पन्न गरेनन् । चौथो पटक गत चैत मसान्तदेखि आगामी असोज ३० गतेसम्मको म्याद थपे पनि काम सकिने छाँटकाँट छैन । 
 
मन्दिर पुन:निर्माणको हालसम्म ७५ प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण व्यवसायीले पाँचौँ पटक मन्दिर पुन:निर्माणका लागि आगामी चैत मसान्तसम्मको समय माग गरेको इञ्जिनीयर श्रेष्ठले बताए । तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पारेकामा पहिलो चरणमा प्राकृतिकले काम गरेको थियो । पटकपटक म्याद थप गर्दा पनि प्राकृतिकले काममा प्रगति नगरेपछि तीनै कम्पनीलाई बोलाएर विभागले कालोसूचीमा राख्ने जानकारी गराएको थियो । 

विभागले कालो सूचीमा राख्ने तयारी गरेपछि सानु सुवाल निर्माण कम्पनीले काम गर्न थालेको हो । उक्त निर्माण कम्पनीले राम्रो काम गर्न थालेपछि चैत मसान्तसम्ममा सकिने विश्वास लिएको अड्डाले जनाएको छ । तीनै कम्पनीले संयुक्तरुपमा जैसीदेवल र रसुवाका दुई गुम्बा पुन:निर्माणको ठेक्का पाएको छ । काठमाडौँ महानगरपालिकाले गरेको ठेक्कामा वसन्तपुर दरबार क्षेत्रकै माजु देग: पुन:निर्माणको ठेक्का पनि यी तीन कम्पनीले पाएका छन् । एकै वर्षमा एउटै विभागले तीन ठेक्का दिँदा सम्पदा पुन:निर्माण ढिला भएको स्थानीय राजेश मानन्धरको गुनासो छ ।
 
दश अवतार मन्दिर पुन:निर्माणको सुरुआती चरणमा स्थानीयवासीले करिब एक महिना तालाबन्दी गरी काममा अवरोध गरेका थिए । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदा ठेक्काबाट निर्माण नगरी स्थानीयवासी रहेको उपभोक्ता समितिमार्फत पुन:निर्माण गरिनुपर्ने माग गरी करिब एक वर्ष तालाबन्दी भएको थियो ।
 
मन्दिर उपभोक्ता समितिमार्फत् पुन:निर्माण हुनुपर्छ भन्ने अभियानको नेतृत्व गर्नुभएका मन्दिरको पुजारीसमेत रहनुभएका स्थानीयवासी दीपक श्रेष्ठ इञ्जिनीयरले नियमित अनुगमन गर्ने, तोकिएका समयमा गुणस्तरीयरुपमा मन्दिर पुन:निर्माण सक्ने प्रतिबद्धता विभागले जनाएपछि काम गर्न दिएको बताए ।
 
‘धेरै समय अवरोध गर्दा पुन:निर्माणका लागि छुट्याइएको बजेट पनि फ्रिज हुनसक्ने भएकाले प्रतिबद्धताबमोजिम गुणस्तरीय काम समयमै गर्ने शर्तअनुसार काम गर्न दिए पनि काम भएन, पछिल्लो समय आशाअनुसार काम भएकाले मन्दिर पुन:निर्माणमा सहयोग गरेका छौँ’, उनले भने ।
 
यही निर्माण कम्पनीले हनुमानढोका दरबार क्षेत्रको नारायण मन्दिर र मच्छेन्द्रबहालस्थित सेतो मच्छेन्द्रनाथको मन्दिर पुन:निर्माणको ठेक्का पाएको छ । विभागका महानिर्देशक दामोदर गौतम कोरोनाका कारण सरकारले नै पुस मसान्तसम्म पुराना ठेक्काको म्याद थप गर्ने निर्णय गरेअनुसार काम गर्न दिएको बताउँछन् । सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार ठेक्का प्रक्रिया पूरा गरेर ती कम्पनीले ठेक्का पाएको उहाँको भनाइ छ । 

निर्माण व्यवसायीले पछिल्लोपटक पुस मसान्तसम्म कामसक्ने प्रतिबद्धता जनाएकाले अन्तिमपटक म्याद थप हुने विभागले जनाएको छ । त्यस अवधिमा पनि काम नसके कालोसूचीमा राख्नेलगायत कानूनी प्रक्रिया सुरु हुनेछ । पहिलो चरणको ठेक्कामा दश अवतार मन्दिरसम्म पुग्न खुड्किला पुन:निर्माण छुटेकाले करिब रु २५ लाखको लागतमा त्यो कार्यक्रम पनि निर्माण व्यवसायीलाई थप गरिएको अड्डाका सव इञ्जिनीयर विनोद पौडेलले बताए । कूल रु चार करोडको लागतमा दश अवतार मन्दिर पुन:निर्माण अन्तिम चरणम पुगेको छ । निर्माण व्यवसायीले काठको काम सकेका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE