Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

छ वर्षमा पनि पुन:निर्माण भएन दश अवतार मन्दिर

खबरडबली संवाददाता

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको दश अवतार मन्दिर पुन:निर्माण सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
 
आर्थिक वर्ष २०७३/७४ देखि प्रारम्भ भएको मन्दिर पुन:निर्माणको म्याद चार पटक थप्दा पनि सम्पन्न हुन सकेको छैन ।  पाँचौँ पटक म्याद थप्ने तयारी सुरु भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । पुरातत्व विभागले प्राकृतिक/सानु सुवाल/एसपी जेभीलाई रु तीन करोड ७५ लाखमा मन्दिर पुन:निर्माणको ठेक्का दिएको हो । वि.सं. २०७३ साउन ३० गते काम सुरु भएको सो आयोजना २०७५ साउन १५ भित्र सक्ने लक्ष्य थियो । काम नसकिएपछि पहिलोपटक २०७५ साउन १६ देखि २०७६ असार १५ गतेसम्म म्याद थपिएको अड्डाका इञ्जिनीयर सञ्जीवमान श्रेष्ठले  जानकारी दिए । 

पहिलो म्यादमा काम नसकिएपछि विभागले आठ महिना अर्थात् २०७६ चैत १५ गतेसम्मको अवधि थप गरेको थियो । दोस्रो पटक म्याद थपिएको अन्तिम समयमा कोरोना महामारी सुरु भएपछि तेस्रो पटक चैत १६ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभन्दा बढी समय दिए पनि निर्माण व्यवसायीले काम सम्पन्न गरेनन् । चौथो पटक गत चैत मसान्तदेखि आगामी असोज ३० गतेसम्मको म्याद थपे पनि काम सकिने छाँटकाँट छैन । 
 
मन्दिर पुन:निर्माणको हालसम्म ७५ प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण व्यवसायीले पाँचौँ पटक मन्दिर पुन:निर्माणका लागि आगामी चैत मसान्तसम्मको समय माग गरेको इञ्जिनीयर श्रेष्ठले बताए । तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पारेकामा पहिलो चरणमा प्राकृतिकले काम गरेको थियो । पटकपटक म्याद थप गर्दा पनि प्राकृतिकले काममा प्रगति नगरेपछि तीनै कम्पनीलाई बोलाएर विभागले कालोसूचीमा राख्ने जानकारी गराएको थियो । 

विभागले कालो सूचीमा राख्ने तयारी गरेपछि सानु सुवाल निर्माण कम्पनीले काम गर्न थालेको हो । उक्त निर्माण कम्पनीले राम्रो काम गर्न थालेपछि चैत मसान्तसम्ममा सकिने विश्वास लिएको अड्डाले जनाएको छ । तीनै कम्पनीले संयुक्तरुपमा जैसीदेवल र रसुवाका दुई गुम्बा पुन:निर्माणको ठेक्का पाएको छ । काठमाडौँ महानगरपालिकाले गरेको ठेक्कामा वसन्तपुर दरबार क्षेत्रकै माजु देग: पुन:निर्माणको ठेक्का पनि यी तीन कम्पनीले पाएका छन् । एकै वर्षमा एउटै विभागले तीन ठेक्का दिँदा सम्पदा पुन:निर्माण ढिला भएको स्थानीय राजेश मानन्धरको गुनासो छ ।
 
दश अवतार मन्दिर पुन:निर्माणको सुरुआती चरणमा स्थानीयवासीले करिब एक महिना तालाबन्दी गरी काममा अवरोध गरेका थिए । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदा ठेक्काबाट निर्माण नगरी स्थानीयवासी रहेको उपभोक्ता समितिमार्फत पुन:निर्माण गरिनुपर्ने माग गरी करिब एक वर्ष तालाबन्दी भएको थियो ।
 
मन्दिर उपभोक्ता समितिमार्फत् पुन:निर्माण हुनुपर्छ भन्ने अभियानको नेतृत्व गर्नुभएका मन्दिरको पुजारीसमेत रहनुभएका स्थानीयवासी दीपक श्रेष्ठ इञ्जिनीयरले नियमित अनुगमन गर्ने, तोकिएका समयमा गुणस्तरीयरुपमा मन्दिर पुन:निर्माण सक्ने प्रतिबद्धता विभागले जनाएपछि काम गर्न दिएको बताए ।
 
‘धेरै समय अवरोध गर्दा पुन:निर्माणका लागि छुट्याइएको बजेट पनि फ्रिज हुनसक्ने भएकाले प्रतिबद्धताबमोजिम गुणस्तरीय काम समयमै गर्ने शर्तअनुसार काम गर्न दिए पनि काम भएन, पछिल्लो समय आशाअनुसार काम भएकाले मन्दिर पुन:निर्माणमा सहयोग गरेका छौँ’, उनले भने ।
 
यही निर्माण कम्पनीले हनुमानढोका दरबार क्षेत्रको नारायण मन्दिर र मच्छेन्द्रबहालस्थित सेतो मच्छेन्द्रनाथको मन्दिर पुन:निर्माणको ठेक्का पाएको छ । विभागका महानिर्देशक दामोदर गौतम कोरोनाका कारण सरकारले नै पुस मसान्तसम्म पुराना ठेक्काको म्याद थप गर्ने निर्णय गरेअनुसार काम गर्न दिएको बताउँछन् । सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार ठेक्का प्रक्रिया पूरा गरेर ती कम्पनीले ठेक्का पाएको उहाँको भनाइ छ । 

निर्माण व्यवसायीले पछिल्लोपटक पुस मसान्तसम्म कामसक्ने प्रतिबद्धता जनाएकाले अन्तिमपटक म्याद थप हुने विभागले जनाएको छ । त्यस अवधिमा पनि काम नसके कालोसूचीमा राख्नेलगायत कानूनी प्रक्रिया सुरु हुनेछ । पहिलो चरणको ठेक्कामा दश अवतार मन्दिरसम्म पुग्न खुड्किला पुन:निर्माण छुटेकाले करिब रु २५ लाखको लागतमा त्यो कार्यक्रम पनि निर्माण व्यवसायीलाई थप गरिएको अड्डाका सव इञ्जिनीयर विनोद पौडेलले बताए । कूल रु चार करोडको लागतमा दश अवतार मन्दिर पुन:निर्माण अन्तिम चरणम पुगेको छ । निर्माण व्यवसायीले काठको काम सकेका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending