धादिङ । नेपालीहरुको महान चाड बडा दशैं घर आगन नजिकै आइपुग्दा राजधानी काठमाडौंबाट आफ्ना घर जानेहरु निकै चटारिएका छन् ।
वर्षभरी कामको बोझ, विश्वव्यापी महामारीबाट त्रसिद मानसिकतासंगै केही समय घरपरिवारसंग भेटघाट अनि रमाइलो पल साँटासाट गर्न देशभरबाट राजधानी आएका नागरिकहरु यतिबेला दशैं किनमेल र घर जानका लागि टिकट बुकिङमा व्यस्त छन् । सरकारले एक साता अघि नै यस वर्षको टिकट बुकिङ खुल्ला गरिसकेको छ ।
विभिन्न कामको शिलशिलामा राजधानी आइ बसोबास गरेका नागरिकहरु दर्शैको खुशीसंगै वर्षातले भस्ताएको सडक मार्ग, साँघुरा, घुम्ति सडक त्यसमाथि क्षमता भन्दा सवारीसाधनको चाप छिचोल्दै घर जानुपर्ने बाध्यताले चिन्तित रहेका छन् ।
राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुङ्गा–नौविसे सडक खण्डमा दिनहुँ जस्तो हुने जामबाट यात्रुहरु हैरानी भएका छन् । सडक क्षमता भन्दा अत्याधिक सवारी साधन र ठुला मालबहाक गाडिका कारण यात्रुहरु घण्टौं जाममा बस्नु पर्ने बाध्यता छन् । वर्षौं देखिको समस्या भएतापनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन ।
सडकमा न कुनै सवारी दुर्घटना, न पहिरो, न कुनै निर्माणका कार्य तै पनि घण्टौं सवारी जाम हुँदा ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको छ । दुई साता अघि मात्र नौबिसे–नागढुङ्गा सडक खण्डमा झण्डै २० घण्टा सवारी जाम हुँदा धादिङतर्फ गल्छिसम्म ट्राफिक अवस्था अस्तव्यस्त भएको थियो ।
यस्तै, शनिबार लामो सवारी जामको चपेटामा परेका छन्, नेपाल सरकरका एकजना पूर्वाधार अध्येता (विज्ञ) डा. सूर्यराज आचार्य । उनीलाई नौबिसेबाट–थानकोट आईपुग्न झण्डै २ घन्टा लागेको छ । नेपालकै पहिलो मूख्य राजमार्गमा भएको सास्तीबारे नेपाल प्रहरीको मूख्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाटोमा कुनै ट्रक बिग्रेर हैन। लामो साईजका ट्रक/ट्रेलरले गर्दा घुम्तिमा हुने जामको कारण यस्तो समस्य भएको छ ।’
डा. आचार्यले काठमाडौंबाट बाहिर जाने लामो साईजका ट्रकका लागि ट्राफिक चाप कम हुने समय तोक्दा यो समस्या अलि कम हुन्थ्यो कि भनि प्रश्न गरेका छन् ।
यस्तो छ आचार्यको अनुभव:

‘नौविसेबाट–थानकोट आईपुग्न झण्डै २ घन्टा लाग्यो। बाटोमा कुनै ट्रक बिग्रेर हैन। लामो साईजका ट्रक/ट्रेलरले गर्दा घुम्तिमा हुने जामको कारण। काठमाडौंबाट बाहिर जाने लामो साईजका ट्रकका लागि ट्राफिक चाप कम हुने समय तोक्दा यो समस्या अलि कम हुन्थ्यो कि ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: