धादिङ । नेपालीहरुको महान चाड बडा दशैं घर आगन नजिकै आइपुग्दा राजधानी काठमाडौंबाट आफ्ना घर जानेहरु निकै चटारिएका छन् ।
वर्षभरी कामको बोझ, विश्वव्यापी महामारीबाट त्रसिद मानसिकतासंगै केही समय घरपरिवारसंग भेटघाट अनि रमाइलो पल साँटासाट गर्न देशभरबाट राजधानी आएका नागरिकहरु यतिबेला दशैं किनमेल र घर जानका लागि टिकट बुकिङमा व्यस्त छन् । सरकारले एक साता अघि नै यस वर्षको टिकट बुकिङ खुल्ला गरिसकेको छ ।
विभिन्न कामको शिलशिलामा राजधानी आइ बसोबास गरेका नागरिकहरु दर्शैको खुशीसंगै वर्षातले भस्ताएको सडक मार्ग, साँघुरा, घुम्ति सडक त्यसमाथि क्षमता भन्दा सवारीसाधनको चाप छिचोल्दै घर जानुपर्ने बाध्यताले चिन्तित रहेका छन् ।
राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुङ्गा–नौविसे सडक खण्डमा दिनहुँ जस्तो हुने जामबाट यात्रुहरु हैरानी भएका छन् । सडक क्षमता भन्दा अत्याधिक सवारी साधन र ठुला मालबहाक गाडिका कारण यात्रुहरु घण्टौं जाममा बस्नु पर्ने बाध्यता छन् । वर्षौं देखिको समस्या भएतापनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन ।
सडकमा न कुनै सवारी दुर्घटना, न पहिरो, न कुनै निर्माणका कार्य तै पनि घण्टौं सवारी जाम हुँदा ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको छ । दुई साता अघि मात्र नौबिसे–नागढुङ्गा सडक खण्डमा झण्डै २० घण्टा सवारी जाम हुँदा धादिङतर्फ गल्छिसम्म ट्राफिक अवस्था अस्तव्यस्त भएको थियो ।
यस्तै, शनिबार लामो सवारी जामको चपेटामा परेका छन्, नेपाल सरकरका एकजना पूर्वाधार अध्येता (विज्ञ) डा. सूर्यराज आचार्य । उनीलाई नौबिसेबाट–थानकोट आईपुग्न झण्डै २ घन्टा लागेको छ । नेपालकै पहिलो मूख्य राजमार्गमा भएको सास्तीबारे नेपाल प्रहरीको मूख्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाटोमा कुनै ट्रक बिग्रेर हैन। लामो साईजका ट्रक/ट्रेलरले गर्दा घुम्तिमा हुने जामको कारण यस्तो समस्य भएको छ ।’
डा. आचार्यले काठमाडौंबाट बाहिर जाने लामो साईजका ट्रकका लागि ट्राफिक चाप कम हुने समय तोक्दा यो समस्या अलि कम हुन्थ्यो कि भनि प्रश्न गरेका छन् ।
यस्तो छ आचार्यको अनुभव:

‘नौविसेबाट–थानकोट आईपुग्न झण्डै २ घन्टा लाग्यो। बाटोमा कुनै ट्रक बिग्रेर हैन। लामो साईजका ट्रक/ट्रेलरले गर्दा घुम्तिमा हुने जामको कारण। काठमाडौंबाट बाहिर जाने लामो साईजका ट्रकका लागि ट्राफिक चाप कम हुने समय तोक्दा यो समस्या अलि कम हुन्थ्यो कि ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: