Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सरकारकारले बनाएका घरमा मुक्त हलियाले बस्न नमानेपछि...

खबरडबली संवाददाता

डोटी । मुक्त हलियाको पुन:स्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् । 

पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुन:स्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै घर भत्किँदै गएका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारद्वारा स्थापना गरिएको उक्त बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दासमेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ ।

सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी बिजुली नहुँदा मुक्तहलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्तहलिया चन्नरी कोलीले बताए । हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्तहलियाको गुनासो छ । हलियालाई पुन: हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्लमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताए । 

कर्मचारी अभाव भएका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताए । सरकारले गएको वर्ष नै हलिया पुन:स्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुन:स्थापना हुनेमा मुक्तहलियामा शङ्का पैदा गरेको छ । 

मुक्तहलिया पुन:स्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकार गरे । 

दुईकोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्तहलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरिदका लागि रु दुई लाख र घर निर्माणका लागि रु तीन लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करिब रु एक लाख १२ हजारमात्र खर्च गरेको मुक्तहलिया दीपक कोलीले आरोप लगाउनुभयो । बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्तहलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले बताए । 

वि.सं. २०७४ असारमा नमूना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरीदका लागि काटिएको रु ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो । हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको उक्त जमिन वि.सं. २०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत जग्गा खरिद गरेर पास भएको थियो । 

मुक्तहलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमीन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमिन खरिद गरियो यो भने रहस्यको विषय बनेको स्थानीयवासीको आरोप छ । पूर्वीचौकी–२ बगलेक र दिपायल सिलगढी नगरपालिका वडा नं ७ मा मुक्तहलियाका ३० परिवारको पुन:स्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार रु पाँच लाख २५ हजारको लगानी भएको भए पनि हाल उनीहरू पुरानो घरमा बस्दै आएका बताइएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE