Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल

रासस

डोटी ।  छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । 

रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् । भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । रोजगारीबाट घर फर्किएका जिल्लाका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडी पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

भारतबाट आउने जिल्लाका नागरिकको सङ्ख्या बढेको र कोरोना महामारी कायमै रहेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । यसै सिलसिलामा घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि छिमेकी मुलुक भारत गएका थिए । भारतमा कामका लागि गाउँघरमा स्थानीयवासी गएका कारण गाउँघर प्राय: सुनसान अवस्थामा थिए । अहिले उनीहरु धमाधम गाउँमा फर्किन थालेका कारण गाउँमा चहलपहल बढेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताए । 

दशैँ आउन अझै थुप्रै दिन बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम पनि सुरु गरेकाले गाउँमा निकै रौनकता छाएको स्थानीयवासी बताउँछन् । जिल्लाको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँखेती लगाएर परिवारसहित रोजगारीका लागि भारत गएका थिए  । भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उहाँको परिवारसहित घर फर्किएका छन् । किसनसिंह मात्र होइन, रोजगारका लागि भारतलगायत अन्य तेस्रो मुलुक गएका डोटीसहित समग्र सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका हुन् । 

भारतको उत्तराखण्ड रोजगारी गरेर दशै मनाउनकै लागि घर फर्किनु भएका जिल्लाको केआइसिंह गाउँपालिका–४ का अर्का स्थानीयवासी दीपकबहादुर कामी पनि अहिले आफ्ना परिवारसहित घर फर्किएका छन्  । कोरोना सङ्क्रमणका कारण खासै कमाइ गर्न नपाए पनि दशैँका लागि घरपरिवारलाई नयाँ लुगा कपडा लिएर आएको उनले बताए । उनले भने, “पैसा कमाउन त सकिनँ, वर्ष दिनको पर्व दशैँ घरपरिवारसँग मनाउन घर फर्किएको छु, दशैँ–तिहार सकिएपछि पुन: कामका लागि उतै फर्किन्छु ।”

यसैगरी दशैँ मनाउनकै लागि भारतबाट रोजगारी गरी आएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका रामबहादुर कठायत पनि बुधबार मात्रै घर फर्किएका छन् । कोरोनाका कारण गएको वर्ष दशैँ मनाउन घर आउन नपाएको बताउँदै उनले भने, “पैसाभन्दा ठूलो घरपरिवार हो, गत वर्ष कोरोनाले आउन पाइनँ, यस वर्ष कोरोना केही शान्त भएकाले परिवारसँगै दशैँ मनाउन आएँ, खुसी छु ।” 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक २०० देखि ३०० नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिसमेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि वर्षेनी भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले बताए । उनले भने,  “नेपालीलाई घर फर्किँदा सीमामा कुनै समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ ।” यसैगरी डोटीमा दशँै, तिहार तथा छठपर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्षसमेत स्थापना गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले सवारी साधन जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्तीसमेत गर्दै आएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending