Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

३४ वर्षका व्यक्तिको अलग्गिएको यौनाङ्गलाई जोडेर डाक्टेरले बनाए रेकर्ड

खबरडबली संवाददाता

काठमाडौं । बेलायतमा मानसिक रुपमा बिरामी  व्यक्तिको एउटा जटिल घटना सार्वजनिक भएको छ । यी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्गमाथि हमला गरेर अलग्याएका थिए । यद्यपि, यी व्यक्तिको गम्भीर चोटको ६ हप्तापछि नै डाक्टरले यी व्यक्तिको यौनाङ्गलाई पूर्ण रुपमा निको पारेका छन् । 

यी व्यक्तिको घटना ब्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा छापिएको छ । ३४ वर्षका यी व्यक्तिले भान्साको चक्कूले आफ्नो यौनाङ्गमा हमला गरेका थिए । जब प्रहरी यी व्यक्तिको घर पुगे तब उनी बेहोस भइसकेका थिए । उनको यौनाङ्गलाई बरफमा राखियो र उनलाई एम्बुलेन्समार्फत् अस्पताल लगियो । 

यी व्यक्ति स्तिजोफ्रेनिया नामको गम्भीर मानसिक रोगसँग जुधिरहेका छन् । उनको शरीरका विभिन्न हिस्सामा घाउका चोट देख्न सकिन्थ्यो । युनिभर्सिटी हस्पिटल बर्मिङ्घम एनएचएस फाउन्डेशन ट्रस्टका अनुसार शल्यक्रिया सफल बनाउनका लागि यौनाङ्गमा चोट लागेको १५ घण्टाभित्र रिप्लान्ट गर्न आवश्यक हुन्छ । 

यद्यपि, जब यी व्यक्तिलाई अस्पताल पुर्याइयो र उनलाई अपरेशन थिएटरमा लगेर शल्यक्रिया गराउँदा यी बिरामीको यौनाङ्ग अलग्गिएको २३ घण्टा बितिसकेको थियो । यस्तोमा डाक्टरका लागि यो शल्यक्रिया निकै चुनौतीपूर्ण थियो । यी व्यक्तिलाई क्याथेटरमार्फत् पिसाब गराइएको थियो । 

डाक्टरले यी व्यक्तिको यौनाङ्ग पुन: जोडिखिए र रक्तसञ्चारका लागि बिरामीको पाखुराको नसा प्रयोग गरिएको थियो । शल्यक्रियापछि उनलाई जनरल वार्डमा लगियो र उनलाई एन्टीबायोटिक्स दिइयो । यी व्यक्तिले दुई हप्ता जनरल वार्डमा बिताए । 

त्यसपछि उनलाई एक साइकियेट्रिक वार्डमा सारिएको थियो । शल्यक्रिया गरेको केही हप्तापछि नै बिरामीको यौनाङ्गमा सेन्सेसन हुन थालेको थियो र यो सामान्य हुन थालेको थियो । यो शल्यक्रियासँग जोडिएका डाक्टरका अनुसार अंग विच्छेद भएको केही घण्टा पछि यौनाङ्गको सफल शल्यक्रियाको यो पहिलो डकुमेन्टेड केस हो । 

यो शल्यक्रियापश्चात् बिरामीको यौनाङ्गलाई दैनिक एन्टिसेप्टिकमार्फत् सफा गरिन्थ्यो ताकि संक्रमणको जोखिमलाई कम गर्न सकियोस् । यो घटनासँग जोडिएका मानिसहरुलाई अब आशा छ कि अन्य स्वास्थ्यकर्मीले पनि यौनाङ्ग अलग भएको केही घण्टापछि पनि पुन: जोड्नका लागि शल्यक्रिया गर्ने कोसिस गर्नेछन् । एजेन्सीको सहयोगममा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending