Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विवाह गरेको महिनौंपछि श्रीमान पोर्न स्टार भएको थाहा पाएपछि...

खबरडबली संवाददाता

काठमाडौं । एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो । एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे । यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए । यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोश नाम भएका युवकसँग विवाह गरिन् । इ–४ को शो ९म्यारिड एट फर्स्ट साइट० मा भाग लिनुभन्दा अघि एमीले  कम बजेटका थुप्रै एक्स–रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।  

एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरिन् । उनको यस्तै एक्स रेटेड पहिलो फिल्मको सुटिङ त्यतिबेला भएको थियो जब उनी २५ वर्षकी मात्रै थिइन् ।​ एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पोर्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।

त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए ।

हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल झगडा हुन थालेको छ ।

एमीको असाध्यै मुड स्विङ हुने कुरा जोशलाई मन नपरेको बताउने गर्छन् ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending