Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१४औँ महाधिवेशनअन्तर्गत चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

खबरडबली संवाददाता

चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।

 
आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गर्नुभएको हो । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याएका छन्  । 

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी भएका छन् । उनीहरुले क्रमश: ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन् । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन् । उनीहरुले क्रमश: ४५६ र ५६४ मत ल्याएका थिए । 

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । उनीहरुले क्रमश: ५१३ र ४२० मत ल्याएर विजयी बनेका हुन् । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बनेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गरेका हुन् । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन् ।  

पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी भएका छन् । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गरेका हुन् । उनले ११२ मत ल्याउँदा  उनका  प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका छन् ।
 
यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी भएका छन्  । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन्  । राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भएका हुन । उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गर्नुभएको हो । लामाले १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याएका छन् । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भएका छन् । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी भएका छन् । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन् ।
 
खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् ।  मत परिणामअनुसार उनको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याएका छन्  ।
 
माडी नगरपालिकामा पुन:कोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन् । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन् ।
 
जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजीत गर्दै श्रेष्ठ विजयी भएका हुन् । खसेको कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन् । कुँवरले ६२ मत प्राप्त गरेका छन्  । 

उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies