Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

डेढ करोड बढीमा लिलामी भयो एक बोतल रक्सी

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । तपाईले आजसम्म धेरै महंगो रक्सीको बारेमा त सुन्नुभएको होला । बोतलको एकलाख दुईलाखसम्मका रक्सीहरु त कतिपयले विशेष अवसरमा पिउने गर्दछन् ।

तर कुनै रक्सी डेढ करोड भन्दा बढी मूल्यको पनि हुन्छ भनेर पत्याउनुहुन्छ ? पत्यार लागोस पनि कसरी ?

तर यो साँचो हो । हालैमात्रै एउटा शताब्दियौं पु्रानो रक्सीको एक बोतल डेढ करोड भन्दा बढी मूल्यमा लिलामी भएको छ ।

ह्विस्की ब्राण्डको यो रक्सी २ सय ५० वर्ष पुरानो छ । अहिले यसलाई यसको वास्तविक मूल्यभन्दा छ गुणा बढीमा लिलामी गरिएको हो । १९०० शताब्दीको यो बोतल १ लाख ३७ हजार डलर अर्थात् डेढ करोड भन्दा बढी मुल्यमा लिलामी भएको छ ।

जर्जियाको ल्यांग्रेजमा रहेको एउटा जनरल स्टोरमा यसलाई राखिएको थियो ।

सन् १८६० मा बोतलमा राखिएको यो वल्ड इंग्लेड्यू व्हिस्कीमा रहेको मदिरा भने अहिलेसम्म बिग्रेको छैन । भनिन्छ, यो रक्सी प्रख्यात लगानीकर्ता जेपी मोर्गनको थियो रे । व्हिस्कीको बोतलमा एउटा लेबल राखिएको छ । त्यसमो यो १८६५ भन्दा अघि बनेको र जेपी मोर्गनको घरमा थियो रे । मोर्गनको मृत्युपछि यो भेटिएको थियो । कतिपयले जेपी मोर्गनले पनि यो रक्सी कसै अरुबाट सन् १९०० को शुरुआती दिनमा किनेको बताइन्छ । पछि उनले यो आफ्ना छोरालाई दिएको थिए । सन् १९४२ ताका यसलाई क्यारोलिनाका गभर्नर जेम्स बायन्र्सलाई दिइयो ।

यसको वास्तविक मूल्य २० देखि ४० हजार डलरबीच हुनसक्ने बताइन्छ । तर गत जुनको ३० तारिखमा सकिएको लिलामीमा यो रक्सीलाई मिडटाउन म्यानहट्टनमा रहेको एउटा संग्रहालय र शोध संस्थान मोर्गन लाइब्रेरीलाई १ लाख ३७ हजार ५ सयमा बेचियो ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्ट लरेन्स स्कुलबाट यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका शिक्षक एमाले नेता

काठमाडौं । चबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा आजमात्रै पक्राउ परेका क्याम्पसका कोअर्डीनेट जनार्दन अधिकारी एमालेका नेता...

उपमहानगरको नेतृत्वमा पहिलो महिला मेयर : हेटौंडामा गठबन्धनको जित

काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ ।   हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...

कांग्रेसको विजय र्यालीमा एमालेको आक्रमण, ६ जना घाईते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।  वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...

राजविराजमा प्रमुख र उपप्रमुख दुवैमा जसपा

राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।  निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...

नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा रोहित पौडेल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...

ओलीको गृहनगरमा राप्रपा र कांग्रेसले बाजी मारे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ ।  राप्रपाका उम्मेदवार रामकुमार थापा...

एमालेका सुवेदीको भन्दा रेणुको अग्रता तिन अंकमा पुग्यो

काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् ।  मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...

चौतारा साँगाचोकगढी नगरको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...

काठमाडौंको मेयर बालेनको ५ हजार बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page