सरकार गठनको शुरुमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको वैधानिक समस्या थियो । त्यसपछि सर्वोच्चमा मुद्दा मामिला भए । यसबीचमा अन्य समस्यासमेत देखा परेकाले सरकार विस्तारमा प्रभाव परेको छ । गठबन्धनलाई टिकाउन नसकिए संसद्भित्र सरकार अल्पमतमा पर्न सक्छ ।
गठबन्धनलाई थप बलियो र सबैलाई समेटिएर लैजान खोज्दा सरकार विस्तारमा ढिला हुन गएको हो । शुरुका दिनमा सरकार विस्तार गर्न यस्तो ढिला होला भन्ने लागेको थिएन । गठबन्धनको सरकार भएकाले सबैलाई मिलाएर जानुपर्ने बाध्यता छ । त्यसमा पनि दलीय हिसाबले कसले कुन मन्त्रालय पाउने भन्ने कुरा आउँछ । त्योसँगै कसले कति मन्त्रालय पाउने भन्ने कुरा पनि अन्तरसम्बन्धित हुन्छ ।
सरकार गठनको बेला कांग्रेस र माओवादी पार्टीभित्र कुनै समस्या थिएन । त्यतिबेला कि त तत्काल कांग्रेस र माओवादीलाई मात्र समेटेर सरकार विस्तार गर्न गठबन्धन दलभित्र सहमति भएको भए धेरै हदसम्म समस्या समाधान हुन्थ्यो । त्यतिबेला सरकार बिस्तार गर्न यति ढिलो हुन्छ भन्ने हामीलाई लागेको थिएन । त्यसैले सबैको समस्या हल होस भन्ने कुराले सरकार गठन गर्न ढिलाई भएको हो ।
मेरो विचारमा सरकार विस्तार हुन नसक्दा काममा बाधा पुगेको छ । यसले जनतामा राम्रो सन्देश प्रवाह हुन सकेको छैन । तर पनि गठबन्धनलाई टिकाउने र प्रतिगमनविरुद्धको मोर्चालाई सुदृढ बनाउन लागिएको कारण ढिला भएको हो । सरकारमा जाने विषयमा माओवादी केन्द्रभित्र कुनै समस्या छैन । केही महिनाअघि पार्टी अध्यक्षले पार्टीभित्रको समस्याबारे आफ्ना भनाई राख्दा त्यसले बाहिर नकारात्मक सन्देश प्रवाह भयो । अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठाभन्दा पनि सिद्धान्त, मुल्य, मान्यताको राजनीतिलाई जोड दिनुपर्छ भन्न खोज्नुभएको हो । मन्त्री बन्नकै लागि पार्टीभित्र कुनै समस्या छैन ।
पहिलो कुरा हामीलाई कति र कुन मन्त्रालय पर्छ भन्ने एकीन छैन । माओवादीले पाउने मन्त्रालय टुंगो लागेपछि त्यो प्रस्ताव पार्टीको स्थायी कमिटीमा आउँछ । त्यसपछि सरकारमा जाने विषयमा टुंगो लाग्छ । त्यसकारण हाम्रो कारणले सरकार विस्तारमा कुनै समस्या छैन । हामी नेतृत्व गर्ने दल भएका कारणले गर्दा सबैलाई मिलाएर जानुपर्ने बाध्यता छ । मन्त्रालय भागबण्डामा गठबन्धनबीच शुरुमा काँग्रेस, माओवादी, जसपा र नेकपा एसलाई क्रमश: ९, ७ , ३, ३ वटा मन्त्रायलय पाउने मोटामोटी सहमति भएको थियो । त्यतिबेला माधव समूह एमालेमै फर्किने कि छुट्टीने भन्ने एकीन थिएन । त्यसपछि एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित हुँदै गयो । त्यसले जनताको काममा गम्भीर असर गरेको छ । अदालतको निर्णयपछि गठबन्धन दलहरूबीच सहमतिमा दुई–तीन दिनसम्ममा सरकारले पूर्णता पाउने विश्वास छ ।
(पोखरेल पूर्वमन्त्री एवं माओवादी केन्द्रको नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: