Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सरकारले पूर्णता नपाउँदा हामी निकै चिन्तित छौँ : महामन्त्री खड्का

पूर्ण बहादुर खड्का

सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन दलहरूबीच छलफल भइरहेको छ । लामो समयसम्म सरकारले पूर्णता पाउन नसक्दा सरकारको क्षमातामाथि प्रश्नचिन्ह खडा भएकोमा हामी निकै चिन्तित छौं । सरकार विस्तारको विषयलाई लिएर नागरिकस्तरमा चिन्ता र चासो व्यक्त हुनु स्वभाविक पनि हो ।

सरकार विस्तारमा कसको कमजोरी छ भन्दा पनि सबैलाई समेटेर जानुपर्ने दायित्व नेपाली कांग्रेसलाई छ । यसबीचमा केही कानूनी झमेला आइपरेको छ । माधव नेपालको पार्टीले वैधानिकता पाउने विषयमा अदालतमा विचाराधिन मुद्दा रहेकोले हामीले अहिले बोल्न मिल्ने अवस्था छैन । सरकारको नेतृत्वकर्ता दल भएकाले सबै पक्षलाई मिलाएर जानुपर्छ भन्ने हाम्रो सोचाइ हो । मन्त्रिमण्डल विस्तारमा गठबन्धन दलभित्र कुनै समस्या छैन ।

अदालतको आदेश आएपछि सायद एक दुई दिनभित्र सरकारले पूर्णता पाउन सक्छ । नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभन्दा एक दुई दिन पर्खिएर सरकारमा सबै पक्षलाई सहभागिता गराउँदा राम्रो हुन्छ । कसले कुन मान्त्रालय कति पाउने विषयमा गठबन्धन दलहरूबीच कुनै समस्या छैन । हाम्रै पार्टीभित्र पनि सरकारमा सहभागिताको विषयमा कुनै विवाद छैन । वैधानिकताको विषयले सरकार विस्तारमा केही ढिला भएको हो ।

सर्वोच्चको निर्णय आउनासाथ मन्त्रिपरिषद्‌ले पूर्णता पाउँछ । त्यसपछि सरकार जनजिविकाको विषयमा अगाडि बढ्छ । यतिबेला प्रतिपक्ष दलले निरन्तर सदन अवरुद्ध गरेको अवस्था छ । सरकारले ल्याएका बिलहरू सदनमा अड्किएर बसेका छन् । त्यसमाथि छलफल हुन पाएको छैन । कोरोना महामारी रोकथाम विषयमा सरकारको थप भूमिकाको आवश्यक रहेको छ । सत्तापक्ष मात्र नभइ प्रतिपक्षसमेतलाई विश्वासरमा लिएर सरकार अगाडि बढ्नुपर्ने दायित्व छ । यी सबै कुरालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ । कहिलेसम्म सरकारले पूर्णता पाउने निश्चित नभए पनि दुई तीन दिनमा गतिरोधले निकास पाउने विश्वास लिएको छु । 
(खड्का पूर्वमन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending