Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकारले भुक्तानी ढिलाइ गरेपछि स्वास्थ्य बीमा सेवा बन्द

खबरडबली संवाददाता

काठमाडौं । सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ । विगत चार दिनदेखि अस्पतालले बीमा सेवा बन्द गरेपछि उपचारका लागि आएका बीमाका बिरामी मारमा परेका छन् ।

सरकारले समयमा स्वास्थ्य बीमाको रकम उपलब्ध नगराउँदा बाध्य भएर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहँदा रु नौ करोड बाँकी रहेपछि बाध्य भएर अस्पतालले बीमा सेवा बन्द गर्नुपरेको उहाँको भनाइ छ । 

“दैनिक कम्तीमा ६०० देखि बढीमा ६५० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउँछन्, ल्याबमा करिब रु तीन लाख, फार्मेसीमा करिब रु चार लाख र अन्य सेवामा करिब रु तीन लाख गरि दैनिक कम्तीमा रु १० लाखको सेवा दिन्छौँ”, श्रेष्ठ भन्नुहुन्छ, “स्वास्थ्य बीमा बोर्डसँग रु नौ करोड लिन बाँकी भइसक्यो, अनि बाध्य भएर बीमा सेवा बन्द गर्नुपर्‍यो ।”

अस्पतालको आन्तरिक स्रोतबाट सङ्कलन भएको रकम औषधि र ल्याबका केमिकल आपूर्तिकर्तालाई रु सात करोड भुक्तानी दिँदा पनि अझै रु तीन करोड भुक्तानी गर्न बाँकी भएपछि औषधि आपूर्ति नै बन्द भएकाले बाध्य भएर सेवा बन्द गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “अस्पतालको आन्तरिक स्रोतको रकम औषधि आपूर्तिकर्तालाई भुक्तानी दिँदा अस्पतालको प्रशासन सञ्चालन गर्न र चिकित्सकदेखि कर्मचारीसम्मलाई पाँच महिनादेखि तलब खुवाउन समस्या परेपछि बीमा सेवा नै बन्द गर्नुपरेको हो, बोर्डसँग छिटो रकम पठाइदिन ताकेता गरेका छौँ, पैसा पठाएपछि बीमा सेवा पुन: सुरु गर्छौँ ।”

औषधि आपूर्तिकर्तालाई धेरै रकम भुक्तानी गर्न बाँकी भएपछि औषधि आपूर्ति नै बन्द गरेको र बैंकको ब्याज तिर्न सकिएन भन्दै रकम भुक्तानी गर्न दबाब दिएको उहाँको भनाइ छ । बीमाको रकम पटक–पटक रोकिँदै आएको र यसअघि पनि असारसम्ममा रु पाँच करोड बाँकी हुँदा असार १ गते नै सेवा रोक्न खोजेपछि बोर्डले रु दुई करोड भुक्तानी गरेको थियो ।

यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् । अस्पतालमा बीमा स्वास्थ्य सेवा बन्द भएपछि बिरामी भक्तपुर अस्पताल जान थालेका छन् ।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयू, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् । आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसीआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालमा यतिखेर बीमा सेवा भने बन्द भएको छ ।

अस्पतालले तिहारपछि सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथ ल्याब, मिर्गौलाका बिरामीका लागि छवटा डायलायसिस मेसिन सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले रेडियोलोजी सेवासमेत सञ्चालन गर्दैछ । स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथम बिन्दु अर्थात् सिफािरस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्दै आएको छ ।

जिल्लामा बीमा लागू भएका भक्तपुर अस्पतालमा रु तीन करोड, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा रु पाँच करोड, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा रु दुई करोड, भक्तपुर क्यान्सर अस्पतालमा रु दुई करोड, सिद्धिस्मृति बाल अस्पतालमा रु ९० लाख बोर्डबाट भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएका छन् ।

सरकारले सर्वसाधारणलाई स्वास्थ्य बीमा गराएर विसं २०७२ चैतदेखि रु एक लाख बराबरको औषधि र उपचार खर्च नि:शुल्क गराउँदै आएको छ । बीमा सेवा लागू भएको भक्तपुर पहिलो जिल्ला हो । सरकारले घरघरमा स्वास्थ्य बीमा सुविधा पुर्‍याउने लक्ष्य लिएर सुरु गरेको यस कार्यक्रमले जनताका लागि राहत पुग्ने र राम्रो भए पनि व्यवस्थापन तथा रकम भुक्तानी प्रक्रियामा हुने ढिलाइले स्वास्थ्य बीमा कार्यक्रम नै असफल हुने अवस्थामा पुगेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लाका नगरपालिकाले यस वर्ष घरघरमा स्वास्थ्य बीमाको पहुँच पुर्‍याउने उद्देश्यले प्रतिपरिवार रु एक हजार अनुदानसहितको बजेट व्यवस्थापन गर्दै बीमा अभियान नै चलाएको छ । बोर्डका एक कर्मचारीका अनुसार बीमा कार्यक्रम सुरु हुँदाका १० जिल्लाका लागि राखेको जनशक्तिका भरमा अहिले सबै जिल्लाको काम गर्नुपरेकाले जनशक्ति अभावले अस्पतालले पठाएको बीमा भुक्तानीको रकम हेर्नै नभ्याइदिँदा भुक्तानीमा समस्या आएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending