Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’

रासस

स्पेन । स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् ।  

स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबाट सुरक्षितस्थलतर्फ सारिएको छ । 

“धेरै घरहरू ध्वस्त भएका छन्,”, एक क्षेत्रीय सरकारी प्रवक्ताले एएफपीसँग भने । ज्वालामुखीका कारण भएको क्षतिबारे लेखाजोखा भइरहेको बताइएको छ । 

नजिकैको एल पासो गाउँका स्थानीय मेयर सर्जियो रोडरिगेजले टापूमा आएको कम्ब्रे भिजा ज्वालामुखीले कम्तीमा पनि २० वटा घर पूरै ध्वस्त भएको बताउनुभयो भने उक्त स्थानमा ५० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो । 

“लाभा उडेको मार्गमा करिब दुई किलोमिटरसम्म यसको प्रभाव परेको देखिएको छ,” रोडरिगेजले ‘टीभीई च्यानल’ लाई जानकारी दिँदै स्थानीय बासिन्दाहरू अझै थप क्षति हुनसक्ने भयबीच वस्तीहरूबाट भागिरहेका छन् भने प्रशासनले उनीहरूलाई केही दिन घर नफर्किन आग्रह गरेको छ । 

स्पेनी सञ्चार माध्यमले उक्त विस्फोटले १०० भन्दा बढी घरलाई असर गरेको हुन सक्ने बताएका छन् । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त विस्फोटपछि संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्क जाने निर्धारित यात्रालाई पछि सारेका छन् । उनी  आइतबार साँझ अबेर घटनास्थलमा पुगी घटनाबारे जानकारी लिएका छन् । 

सबै सेवाहरू समन्वयित ढङ्गमा सञ्चालन भएका छन्,“ सान्चेजले ट्विटरमा उल्लेख गरे । 

लगभग ८०,००० मानिसहरू बसोबास गर्ने कम्ब्रे भिजा ला पाल्मा टापुको दक्षिणी भागको एउटा सामुद्रिक तट हो । 

स्थानीय सरकारको अनुमानअनुसार यस द्वीपको मध्य भागमा रहेको ज्वालामुखीबाट लाभा बग्ने सम्भावना समुद्र तट पुग्नुभन्दा पहिले दक्षिण–पश्चिममा बसोबास गर्ने र जङ्गलभएको क्षेत्रतिर जाने सम्भावना थियो ।

क्यानरी आइस्ल्यान्ड्स इन्स्टिच्युट अफ ज्वालामुखीका अनुसार लाभाको बहाव प्रतिघण्टा लगभग ७०० मिटरमा सरिरहेको र यसको तापक्रम झन्डै एक हजार सेन्टिग्रेड रहेको थियो । भूकम्पीय गतिविधि र म्याग्मा विस्थापनमा हालै भएका वृद्धिपछि विशेषज्ञहरूले ज्वालामुखीलाई नजिकबाट नियालिरहेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending