दमौली । वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो ।
पालिकाको अधिवेशन नजिकिएसँगै स्थानीय राजनीति पनि तात्न थालेको छ । यतिबेला जिल्लाका चिया पसल र चोक चोकमा ब्यास नगर समितिको अधिवेशनको चर्चा चल्न थालेको छ । वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले स्थानीय तहको नेतृत्व चयन गर्न पाउने भएकाले उम्मेदवारहरू क्षेत्रीय प्रतिनिधिको जोड घटाउमा लागेका हुन् । हरेक उम्मेदवारले आफ्ना पक्षका प्रतिनिधि गन्न थालेका छन् ।
अधिवेशन नजिकिएसँगै नगर सभापतिका उम्मेदवार पनि बढ्दै हालसम्म नौ जनाले उम्मेदवारी घोषणा गरेका छन् । ब्यास नगर समितिका सचिव मोहनकुमार श्रेष्ठ, अर्का नगर सचिव चुडामणि दाहाल, नगर सहसचिव डम्बर अधिकारी, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा, इञ्जिनीयर हरिदत्त पौडेल, डा शेषरमण र व्यवसायी बैकुण्ठनाथ मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।
सभापतिका उम्मेदवार श्रेष्ठले अब नेपाली कांग्रेसमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै युवाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । “दुई कार्यकाल सचिव भइसकेकाले सभापतिमा मेरो उम्मेदवारी स्वभाविक हो,” उनले भने ।
अर्का आकाङ्क्षी दाहालले ब्यास नगर समितिलाई हालकोभन्दा अझ व्यवस्थितरुपमा सञ्चालन गर्ने, क्रियाशील सदस्यता वितरण तथा अभिलेखलाई विद्युतीकरण गर्ने, विकास निर्माणका योजना छनोट गरी नगरपालिकामा सिफारिस गर्ने तथा अग्रज नेताको सम्मान र युवा पुस्ताको मूल्याङ्कन गरी पार्टी सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए ।
त्यस्तै अधिकारीले आफू निर्वाचित भए यस नगरपालिकाको १४ वटै वडामा व्यवस्थित ढङ्गले पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी सङ्गठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टी सङ्गठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम गर्ने, आपत्विपद्मा परेका पार्टीका कार्यकर्तालाई सहयोगका लागि कोष स्थापना गर्ने र आगामी निर्वाचनमा तीनवटै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउनका भूमिका निर्वाह गर्ने बताए ।
अर्का आकाङ्क्षी हड्खलेले युवाको भावनालाई सम्मान गरी सभापतिमा उम्मेदवारी दिएको बताए । प्रविधिसँग जोडिएका युवालाईसँगै लगी राजनीति पनि आकर्षित गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ थियो । नगरपालिकाको १४ सबै वडामा क्षेत्रीय प्रतिनिधि छनोट भएर आइसकेका र अब ४५० प्रतिनिधिले मतदान गर्ने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: