Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नक्कली नोटसहित दुई पक्राउ

खबरडबली संवाददाता

महोत्तरी । औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति करिब ८ बजेको समयमा एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

बजारको फलफूल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो ।

नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिए ।

सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उनको भनाइ छ । 

पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

मुआब्जा विवाद चर्किँदा खोटाङको ३ मेगावाट हाइड्रो ठप्प

काठमाडौं । प्रवद्र्धक कम्पनीले लामो समयसम्म मुआब्जा नदिएको भन्दै खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् ...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले...

आज कस्तो रहला देशभरको मौसम ?

 काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending