Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

विश्वकर्मा पूजनोत्सव मनाइँदै

रासस

महोत्तरी । मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा छ ।

पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पार्ट्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान/पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने मैथिल परम्परा छ ।

पर्वका अवसरमा सेताम्य फुलेको आकृतिका अविश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक/चोकमा स्थापित गरिएका छन् । झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ । धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरिएका छन् ।

सृष्टिकर्ता ब्रह्माका पुत्र मानिने विश्वकर्माको पूजाआराधनाले ज्यावलमा खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ । विश्वकर्मा राजा इन्द्रको सभाका विशिष्ट शिल्पकार मानिन्छन् । मिथिलामा नाचगान गर्दै उत्सव मनाइने परम्पराको यस पर्वमा यसपालि महोत्तरी जिल्ला प्रशासनले कोभिड–१९ महाव्याधिको सङ्क्रमणको सन्त्रास कायम नै रहेको हुँदा मेला, जमघट र नाचगानका समारोह आयोजनमा रोक लगाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन’

काठमाडौं । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा  पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ  । अर्थतन्त...

आज चैतेदसैँ, बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय प...

माधव नेपालकोे सुदूर मूभपछि प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा झलनाथ खनाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सरकारी...

सत्ताको खेल- चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्। यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख राम...

रमित ढुंगानाको फिल्ममा ओली प्रधानमन्त्री, माधव नेपाल पूर्वप्रधानमन्त्री

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अनुबन्धित भएका छन् ।  यसअघि उक्त चलचित्रमा एमाले अध्यक्ष केपी शर...

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।  झापा जिल्...

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआइजी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २ नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा स...

महानगरको चेतावनी- सडकमा निर्माण सामग्री राखे कारबाही हुन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेत...

लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि, सत्ताको बलमा उन्मुक्ति

आदेशअनुसार रकम जम्मा गरिदिने सहकारीकी कर्मचारी भने पक्राउ

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

महेन्द्रनगर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies