Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमाले छाड्ने डरपछि ओलीको फण्डा : 'प्रचण्ड हिजोको जस्तो छैनन्, माधव नेपाल तीर्थ यात्रामा हिँडे'

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र राजनीतिक दलहरुमाथि विभिन्न टिप्पणी गरेका छन् । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले टिप्पणी गरेका हुन् ।

ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ । प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’

ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ ।

उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले भने ।

त्यस्तै ओलीले नेकपा हुँदाको प्रचण्ड र अहिलेको प्रचण्डबीचको भिन्नता दाँज्दै भने, ‘प्रचण्डरूपी त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’ओलीले प्रचण्डतिर लागेका नेता कार्यकर्तालाई उनको घरेलु कार्यकर्ता नहुन पनि सुझाव दिए । माओवादीका कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै ओलीले उनीहरुलाई एमालेमा फर्कन आह्वान गरे ।

‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौँ । तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन’, ओलीको टिप्पणी छ । त्यस्तै उनले माधव नेपालतिर गएका कार्यकर्ताहरुलाई पनि एमाले मौरी भएको भन्दै फोहोरको डंगुर छोडेर फर्कन आह्वान गरे ।

ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन । उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन ।’

सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको बताए । ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे’उनले भने ।

त्यस्तै ओलीले एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दाबी गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending