बाग्लुङ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । पचासी वडामध्ये अब दुई मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका हुन् ।
तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन् । वडा नंं २ मा १६ र वडा नंं ५ मा १३ कोरोनाका सक्रिय सङ्क्रमित छन् । वडा नंं २ मुख्य बजार र वडा नंं ५ मा बिहेभोज खाएकामा धेरै सङ्क्रमण देखिएको हो ।
अब बागलुङ –१, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही सङ्क्रमित होम आइसोलेसनमा बाँकी छन् । नगरपालिकाभित्र कूल ४९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
सरकारले सात जनाभन्दा कम सङ्क्रमित भएमा त्यस्तो वडालाई पहेँलो, सात जनाभन्दा बढी सङ्ख्या सङ्क्रमित भएमा रातो चिह्न लगाउने प्रावधान राखेको छ । अब गलकोट नगरपालिका–११, काठेखोलामा पाँच, बरेङमा चार, जैमिनीमा एक र तमानखोलामा एक जना सक्रिय सङ्क्रमित बाँकी छन् । अन्य सबै वडालाई निलो रङ लगाइसकिएको छ ।
गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निषेधाज्ञा गरेपछि जिल्लामा सङ्क्रमित घटेको हो । अझै पनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकी नै रहेको कार्यालयका प्रमुख सुरज गुरौले बताए ।
“महामारीले संसारलाई समस्यामा पारेको बेला हामी सुरक्षित छौँ भन्न सकिएन, तर अहिले सचेत भएर काम गर्दा जोगिने अवस्था छ”, उनले भने, “भर्खरै ग्रिनजोन छ भन्दै गर्दा सङ्क्रमित थपिएर रेडजोन बन्न सक्छ ।” सरकारले ल्याएको स्मार्ट लकडाउन र निषेधाज्ञा व्यवस्थापन गर्ने नयाँ कार्यविधिले वातावरण सहज बनाउन भने सहयोग गरेको उनले बताए ।
सरकारले सात जनासम्म सङ्क्रमित भएमा टोलमात्रै सिल गर्ने, त्यो भन्दा बढी भएमा वडा सिल गर्ने नीति लिएको छ । जसका कारण सङ्क्रमण नभएको वडा सञ्चालन गर्न सहज हुनेछ । यसअघि एक/दुई जना सङ्क्रमित हुँदा जिल्ला नै निषेधाज्ञा गर्ने क्रमले मदजुर तथा विपन्न समुदाय बढी मारमा परेका थिए । चाडपर्वको समयमा गरिने भीड तथा राजनीतिक क्रियाकलापले हुने भीड सकेसम्म सानो बनाएर काम गर्दा सङ्क्रमणबाट बच्न सकिने धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ ।
“अहिले अस्पतालमा कोरोनाका सङ्क्रमित घटेका छन्, तर हामी उत्तिकै सचेत छौँ”, उनले भने, “जोखिम कम भएको बेला अस्पतालमा अन्य बिरामी, शल्यक्रिया गर्नुपर्ने तथा डायलायसिस सेवालाई प्रभावकारी बनाउन लागेका छौँ ।” सङ्क्रमण कम भए पनि कन्ट्रयाक्ट ट्रेसिङ, पिसीआर र एन्टिजेन्ट विधिबाट परीक्षण भने नरोकिने उनले बताए।
नगर स्वास्थ्य शाखा, गाउँस्वास्थ्य शाखा र अस्पतालबाट पनि नियमितरूपमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयले त आकस्मिकरूपमा सडक, बजारका चोक तथा गल्लीमा पुगेर भेटिएका मानिसको एन्टिजेन्ट परीक्षणसमेत गराइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: