नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ ।
युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए ।
'एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छ', नेपालले भने ।
नेपालले एमालेमा कम्युनिस्टको गुण नरहेको समेत टिप्पणी गरेका छन् । उनले एमालेलाई केपी ओलीले निजी कम्पनी जस्तो बनाएकाले बाध्य भएर आफूले विभाजनको बाटो रोज्नु परेको बताए ।
एकीकृत समाजवादीको गठनले एमालेमा नयाँ तरंग पैदा भएको उनको दाबी छ । 'एमालेले प्रतिनिधि सभामा गरेको हर्कत गलत छ । संवैधानिक अंग र सभामुखको मानर्दन गर्ने कार्य निन्दनीय छ । यसले ओलीलाई पतनको बाटोमा लग्ने छ', नेता नेपालले भने ।
आफूहरू माओवादीमा विलय हुने भन्ने हल्ला भ्रम मात्रै भएको उनले बताए । आगामी निर्वाचनमा गठबन्धन भने गरेर अगाडि बढ्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: