Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे । 

देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले प्रस्ट दुई खेमामा बाँडियो । प्रदेशसभामा रहेका एमालेका बहुमत सांसद माधव खेमामा खुले । सुदूरपश्चिममा एमालेका २५ जनामध्ये १७ जना सांसदले माधव नेपाललाई रोज्दा त्यसको श्रेय उपाध्यक्ष भीम रावललाई गएको थियो ।

ओलीले दोस्रो पटक संसद विघटन गर्दा पनि सुदूरपश्चिम प्रदेशसभामा माधव खेमा रोज्ने सांसदको संख्यामा बहुमत थियो । सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद नेपाल खेमामा जानुमा भीमबहादुर रावलको योगदान रहेको चर्चा चलेको थियो । तात्कालीन रूपमा एमाले अध्यक्ष ओलीको खरो आलोचक रहेका रावलले आफ्नो प्रदेशमा ओलीलाई एक्ल्याएको भन्दै टीका टिप्पणीसमेत भएका थिए । 

तर, एमालेबाट छुट्टिएर माधव नेपालले छुट्टै पार्टी बनाउँदा सुदूरपश्चिमबाट भीम रावलसमेत एक्लिएका छन् । भीम रावल एकताको पक्षमा लाग्ने भन्दै एमालमै बस्दा उनका भनिएका सुदूरपश्चिम प्रदेशसभाका १७ मध्ये १३ जना सांसद माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । यसले सुदूरपश्चिममा रावलको पकड मात्र खोसिएन, यसअघिको तथ्यलाई समेत गलत सावित गरिदिएको छ । 

आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?
नेकपा एमाले सुदूरपश्चिमका एक नेताका अनुसार हाल माधव नेपाल खेमामा गएका सुदूरपश्चिमका सांसदहरू भीम रावलका कहिल्यै थिएनन् । एमालेको नवौँ महाधिवेशनअघि कैलालीका दीर्घ सोडारी, कंचनपुरका तारा लामा तामाङलगायतका नेता झलनाथ खनालको लाइनमा थिए । दुवै नेताले विद्यार्थी राजनीति झलनाथ खनालको लाइनबाट सुरु गरेका थिए ।

एमालेको नवौँ महाधिवेशनमा झलनाथ खनाल र माधव नेपाल एउटै प्यानलमा उभिए । सोही प्यानलमा भीम रावल पनि उभिए । सुदूरपश्चिमका भीम रावलले झलनाथ-माधव खेमाबाट चुनाव जितेर प्रदेश इन्चार्जको जिम्मेवारीसमेत पाए । त्यसपछि यहाँका नेता, कार्यकर्ता पनि भीम रावलसँग नजिक भएका थिए ।

‘माधव-झलनाथको गुटमा भीमरावल गएपछि यहाँका नेताको लाइन मिलेको मात्र हो’, एमालेका एक नेता भन्छन्, ‘तर, उनीहरू भीम रावलका कहिल्यै भएनन्, जसको परिणाम एमाले विभाजित हुँदा देखिएको छ ।’

ती नेताका अनुसार अछामबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर भने रावलकै कार्यकर्ता हुन् । संसद विघटन हुँदा नै राष्ट्रियसभा सदस्य कुँवरले रावललाई ओलीकै लाइनमा रहन आग्रहसमेत गरेका थिए । तर, रावलले त्यतिबेला माधव खेमालाई रोजे । कुँवर पनि रावलकै पछाडि लागेका थिए । एमाले विभाजन हुँदा कुँवरले समेत रावललाई छाडेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कंचनपुरका तत्कालीन एमाले अध्यक्ष तारा लामा तामाङले पनि सो कुरालाई पुष्टि गरे । उनले घुमाउरो शैलीमा आफूहरू भीम रावलको नभएको पुष्टि गरे ।

‘पार्टी विभाजन हुँदा दल रोज्न पाउनु हाम्रो अधिकार हो’, तामाङले भने, ‘तर, हामी कसैका एस म्यान बन्दैनौँ, हामी स्वतन्त्र छौँ ।’

उनले आफुहरूले रावललाई नेता मानेको बताए । ‘एमालेमा छँदा रावल काम्रेडले हामीलाई डोहोर्‍याउनुभएको थियो’, उनले भने, ‘तर, ओलीको निरङ्कुश शैलीका कारण हामी फरक बाटोमा लागेका छौँ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending