Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे । 

देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले प्रस्ट दुई खेमामा बाँडियो । प्रदेशसभामा रहेका एमालेका बहुमत सांसद माधव खेमामा खुले । सुदूरपश्चिममा एमालेका २५ जनामध्ये १७ जना सांसदले माधव नेपाललाई रोज्दा त्यसको श्रेय उपाध्यक्ष भीम रावललाई गएको थियो ।

ओलीले दोस्रो पटक संसद विघटन गर्दा पनि सुदूरपश्चिम प्रदेशसभामा माधव खेमा रोज्ने सांसदको संख्यामा बहुमत थियो । सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद नेपाल खेमामा जानुमा भीमबहादुर रावलको योगदान रहेको चर्चा चलेको थियो । तात्कालीन रूपमा एमाले अध्यक्ष ओलीको खरो आलोचक रहेका रावलले आफ्नो प्रदेशमा ओलीलाई एक्ल्याएको भन्दै टीका टिप्पणीसमेत भएका थिए । 

तर, एमालेबाट छुट्टिएर माधव नेपालले छुट्टै पार्टी बनाउँदा सुदूरपश्चिमबाट भीम रावलसमेत एक्लिएका छन् । भीम रावल एकताको पक्षमा लाग्ने भन्दै एमालमै बस्दा उनका भनिएका सुदूरपश्चिम प्रदेशसभाका १७ मध्ये १३ जना सांसद माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । यसले सुदूरपश्चिममा रावलको पकड मात्र खोसिएन, यसअघिको तथ्यलाई समेत गलत सावित गरिदिएको छ । 

आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?
नेकपा एमाले सुदूरपश्चिमका एक नेताका अनुसार हाल माधव नेपाल खेमामा गएका सुदूरपश्चिमका सांसदहरू भीम रावलका कहिल्यै थिएनन् । एमालेको नवौँ महाधिवेशनअघि कैलालीका दीर्घ सोडारी, कंचनपुरका तारा लामा तामाङलगायतका नेता झलनाथ खनालको लाइनमा थिए । दुवै नेताले विद्यार्थी राजनीति झलनाथ खनालको लाइनबाट सुरु गरेका थिए ।

एमालेको नवौँ महाधिवेशनमा झलनाथ खनाल र माधव नेपाल एउटै प्यानलमा उभिए । सोही प्यानलमा भीम रावल पनि उभिए । सुदूरपश्चिमका भीम रावलले झलनाथ-माधव खेमाबाट चुनाव जितेर प्रदेश इन्चार्जको जिम्मेवारीसमेत पाए । त्यसपछि यहाँका नेता, कार्यकर्ता पनि भीम रावलसँग नजिक भएका थिए ।

‘माधव-झलनाथको गुटमा भीमरावल गएपछि यहाँका नेताको लाइन मिलेको मात्र हो’, एमालेका एक नेता भन्छन्, ‘तर, उनीहरू भीम रावलका कहिल्यै भएनन्, जसको परिणाम एमाले विभाजित हुँदा देखिएको छ ।’

ती नेताका अनुसार अछामबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर भने रावलकै कार्यकर्ता हुन् । संसद विघटन हुँदा नै राष्ट्रियसभा सदस्य कुँवरले रावललाई ओलीकै लाइनमा रहन आग्रहसमेत गरेका थिए । तर, रावलले त्यतिबेला माधव खेमालाई रोजे । कुँवर पनि रावलकै पछाडि लागेका थिए । एमाले विभाजन हुँदा कुँवरले समेत रावललाई छाडेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कंचनपुरका तत्कालीन एमाले अध्यक्ष तारा लामा तामाङले पनि सो कुरालाई पुष्टि गरे । उनले घुमाउरो शैलीमा आफूहरू भीम रावलको नभएको पुष्टि गरे ।

‘पार्टी विभाजन हुँदा दल रोज्न पाउनु हाम्रो अधिकार हो’, तामाङले भने, ‘तर, हामी कसैका एस म्यान बन्दैनौँ, हामी स्वतन्त्र छौँ ।’

उनले आफुहरूले रावललाई नेता मानेको बताए । ‘एमालेमा छँदा रावल काम्रेडले हामीलाई डोहोर्‍याउनुभएको थियो’, उनले भने, ‘तर, ओलीको निरङ्कुश शैलीका कारण हामी फरक बाटोमा लागेका छौँ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending