Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

के-के छन् समाजवादीमा प्रवेश गर्न वामदेवका शर्त ?

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले परित्याग गरेका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन ४ वटा शर्त तेर्स्याएका छन् ।अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रबार एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको भन्दै राजीनामा दिएका थिए । गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।

‘राजीनामा दिनुभन्दा पहिला वामदेवजीले चारवटा शर्त राख्नु भएको थियो,’ समाजवादीका नेता बेदुराम भुसालले सञ्चारकर्मीसँग भने, ‘उहाँले राखेका शर्तका बारेमा पार्टीमा छलफल भइरहेको छ ।’ उनका अनुसार सो शर्त पूरा भएमा मात्रै आफू नेकपा एसमा आउने गौतमको भनाइ छ ।

गौतमले संविधानमा उल्लेख भएको शासकीय स्वरूपलाई परिवर्तन गर्नुपर्ने पहिलो शर्त राखेका छन् । अहिले ‘सुधारिएको संसदीय व्यवस्था’लाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा (एस) मञ्जुर भएमा सो पार्टीमा प्रवेश गर्ने पहिलो शर्त छ । त्यसका बारेमा नेकपा (एस)का अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।

यसैगरी, गौतमले हालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दोस्रो शर्त नेपालसमक्ष राखेका छन् । संविधानमा भएको प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली दुवै परित्याग गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नेकपा (एस)ले स्वीकार गरे आफू नेपालसँगै रहने उल्लेख गरेका छन् । गौतमको सो शर्तमा पनि पार्टीभित्र छलफल गरेर जवाफ दिने अध्यक्ष नेपालले जनाएका छन् ।

संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने शर्त राखेका गौतमले संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) तयार हुनुपर्ने अर्को शर्त पनि तेर्स्याएका छन् । हालको संघीय स्वरुपले मुलुकको हित नहुने भन्दै नयाँ संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) मञ्जुर भए अध्यक्ष नेपालसँगै रहने जनाएका छन् ।

गौतमका महत्वपूर्ण तीनवटा शर्तमा नेपालले पार्टीभित्र छलफल गर्ने जनाए पनि पार्टीको कार्यदिशा र मार्गदर्शक सिद्धान्तमा भने नेपाल–गौतम नजिक नजिक देखिएका छन् । जननेता मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई नेकपा (एस)ले मार्गदर्शन सिद्धान्त मानेमा आउन सक्ने जनाएपछि अध्यक्ष नेपालले त्यसमा ‘विचार गर्ने’ जनाएका छन् ।

‘नेकपा एसको अबको कार्यदिशा जबजको जगमा नै बनाउने हो तर त्यसलाई थोरै परिवर्तन र विकास गर्नुपर्ने हुन्छ,’ नेपाललाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘जबज छाडिन्न, यसैको जगमा पार्टीको कार्यदिशा बनाउने हो, यसमा ढुक्क हुनुहोस ।’ जबजलाई अध्यक्ष नेपालले स्वीकार गर्ने जनाएपछि चार शर्त मध्ये एक शर्तमा दुई नेताको बीचमा सहमति भएको छ ।

छलफलमा नेपालले गौतमलाई एमाले परित्याग गरेर आएमा वरिष्ठ उपाध्यक्ष वा एकल उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । ‘नेकपा एमाले परित्याग गरेर आउनुहोस्, वरिष्ठ उपाध्यक्ष बनाउन हामी तयार छौं,’ नेपालको प्रस्ताव थियो, ‘राष्ट्रिय सम्मेलनले ७ जना उपाध्यक्षको प्रस्तावलाई अस्वीकार गर्‍यो भने एकल उपाध्यक्ष बन्नुहोस् ।’ नेकपा (एस)का अध्यक्ष नेपालले आफूपछि वरिष्ठ नेतामा झलनाथ खनाल र तेस्रो स्थानमा गौतमलाई राख्न मञ्जुर भएका छन् ।

तर, शुक्रबार एमालेबाट राजीनामा दिएका गौतम यतिखेर भने स्वतन्त्र रहेका छन् । उनी नेपाल नेतृत्वको नेकपा (एस)मा प्रवेश गरिसकेका छैनन्, न एमाले, न त नेकपा (एस)को अवस्थामा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE