Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

के-के छन् समाजवादीमा प्रवेश गर्न वामदेवका शर्त ?

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले परित्याग गरेका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन ४ वटा शर्त तेर्स्याएका छन् ।अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रबार एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको भन्दै राजीनामा दिएका थिए । गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।

‘राजीनामा दिनुभन्दा पहिला वामदेवजीले चारवटा शर्त राख्नु भएको थियो,’ समाजवादीका नेता बेदुराम भुसालले सञ्चारकर्मीसँग भने, ‘उहाँले राखेका शर्तका बारेमा पार्टीमा छलफल भइरहेको छ ।’ उनका अनुसार सो शर्त पूरा भएमा मात्रै आफू नेकपा एसमा आउने गौतमको भनाइ छ ।

गौतमले संविधानमा उल्लेख भएको शासकीय स्वरूपलाई परिवर्तन गर्नुपर्ने पहिलो शर्त राखेका छन् । अहिले ‘सुधारिएको संसदीय व्यवस्था’लाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा (एस) मञ्जुर भएमा सो पार्टीमा प्रवेश गर्ने पहिलो शर्त छ । त्यसका बारेमा नेकपा (एस)का अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।

यसैगरी, गौतमले हालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दोस्रो शर्त नेपालसमक्ष राखेका छन् । संविधानमा भएको प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली दुवै परित्याग गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नेकपा (एस)ले स्वीकार गरे आफू नेपालसँगै रहने उल्लेख गरेका छन् । गौतमको सो शर्तमा पनि पार्टीभित्र छलफल गरेर जवाफ दिने अध्यक्ष नेपालले जनाएका छन् ।

संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने शर्त राखेका गौतमले संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) तयार हुनुपर्ने अर्को शर्त पनि तेर्स्याएका छन् । हालको संघीय स्वरुपले मुलुकको हित नहुने भन्दै नयाँ संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) मञ्जुर भए अध्यक्ष नेपालसँगै रहने जनाएका छन् ।

गौतमका महत्वपूर्ण तीनवटा शर्तमा नेपालले पार्टीभित्र छलफल गर्ने जनाए पनि पार्टीको कार्यदिशा र मार्गदर्शक सिद्धान्तमा भने नेपाल–गौतम नजिक नजिक देखिएका छन् । जननेता मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई नेकपा (एस)ले मार्गदर्शन सिद्धान्त मानेमा आउन सक्ने जनाएपछि अध्यक्ष नेपालले त्यसमा ‘विचार गर्ने’ जनाएका छन् ।

‘नेकपा एसको अबको कार्यदिशा जबजको जगमा नै बनाउने हो तर त्यसलाई थोरै परिवर्तन र विकास गर्नुपर्ने हुन्छ,’ नेपाललाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘जबज छाडिन्न, यसैको जगमा पार्टीको कार्यदिशा बनाउने हो, यसमा ढुक्क हुनुहोस ।’ जबजलाई अध्यक्ष नेपालले स्वीकार गर्ने जनाएपछि चार शर्त मध्ये एक शर्तमा दुई नेताको बीचमा सहमति भएको छ ।

छलफलमा नेपालले गौतमलाई एमाले परित्याग गरेर आएमा वरिष्ठ उपाध्यक्ष वा एकल उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । ‘नेकपा एमाले परित्याग गरेर आउनुहोस्, वरिष्ठ उपाध्यक्ष बनाउन हामी तयार छौं,’ नेपालको प्रस्ताव थियो, ‘राष्ट्रिय सम्मेलनले ७ जना उपाध्यक्षको प्रस्तावलाई अस्वीकार गर्‍यो भने एकल उपाध्यक्ष बन्नुहोस् ।’ नेकपा (एस)का अध्यक्ष नेपालले आफूपछि वरिष्ठ नेतामा झलनाथ खनाल र तेस्रो स्थानमा गौतमलाई राख्न मञ्जुर भएका छन् ।

तर, शुक्रबार एमालेबाट राजीनामा दिएका गौतम यतिखेर भने स्वतन्त्र रहेका छन् । उनी नेपाल नेतृत्वको नेकपा (एस)मा प्रवेश गरिसकेका छैनन्, न एमाले, न त नेकपा (एस)को अवस्थामा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending