झापा । विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले छ महिनाअघि ठक्कर दिँदा गम्भीर घाइते भएका यहाँका एक दम्पती अहिलेसम्म अस्पतालमै बसेर न्यायको पर्खाइमा छन् ।
शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पती यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा छन् । उनीहरुले आफूलाई घाइते बनाउने ट्रक सञ्चालकबाट उपचार खर्च तिर्न लगाउन र भरणपोषणका लागि क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
उपचार खर्च व्यहोर्नुपर्छ भनेर ट्रक धनी तथा रिजाल ग्याँस इण्डस्ट्रिजका सञ्चालक नवीन रिजाल सम्पर्कमा नआएको घाइते यामबहादुरका भाइ खेमबहादुरले बताए । विसं २०७७ फागुन १९ गते कनकाईको सुरुङ्गास्थित महेन्द्र राजमार्गमा रिजाल ग्याँसको को१ख १६८४ नंको ट्रकले प्रदेश १–०१–००१च०१६७ नंको कार र प्रदेश १–०१–०१३प१७८३ नंको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा रहेका दम्पती गम्भीर घाइते भएका थिए ।
श्रेष्ठ दम्पतीको उपचारमा लागेको खर्च रु ४४ लाख पुगिसकेको छ । त्यसमध्ये रु ११ लाख परिवारका तर्फबाट व्यहोरिएको छ । घाइते पक्षले पूरै उपचार खर्च ट्रक सञ्चालकले व्यहोर्नुपर्ने माग गरेको छ । दुर्घटनालगत्तै ट्रक सञ्चालक पक्षबाट घाइतेको उपचारमा रु दुई लाख जम्मा गरेको र त्यसपछि फोन गर्दासमेत सम्पर्कमा नआएको पीडित पक्षको गुनासो छ । त्यहीकारण क्षतिपूर्ति र उपचार पाऊँ भन्ने माग गर्दै श्रेष्ठ परिवारका पक्षबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको घाइतेका मामा कृष्णकुमार राईले बताए ।
जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी उजुरीको चाँडै किनारा नलाग्दासमेत घाइते पक्ष तनावमा परेको छ । “हामीले दिएको उजुरी सिडिओ कार्यालयले हेरिरहेको छ, तर निर्णय आउन धेरै ढिला भइसक्यो”, घाइतेका भाइ खेमबहादुरले भने, “जसले ठक्कर दिएको हो, उनीहरु सम्पर्कमै आउँदैनन्, बिरामी छ महिनादेखि अस्पतालमा हुनुहुन्छ, कोरोनाका कारण जारी लकडाउनले गर्दा मुद्दामा फैसला ढिलो भएको बताए, छिटोभन्दा छिटो फैसला आउँछ र न्याय पाउँछौँ भनेर हामी पर्खिरहेका छौँ ।”
श्रेष्ठ दम्पतीको उपचार लगभग पूरा भए पनि घाइते बनाउने ट्रक सञ्चालक पक्षबाट उपचारको जिम्मेवारी वहन नगरिएको कारण उनीहरु जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी मुद्दाको छिनोफानो नभइञ्जेलका लागि भन्दै अस्पतालमै बसिरहनुभएको बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: