वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील अर्यालले बताए ।
अर्यालका अनुसार नगरका विभिन्न वडामा आठ सय २१ पुरुष र तीन सय ५८ महिला गरी कूल एक हजार एक सय ७९ जना किसान लाभान्वित भएका छन् ।
“समूह, सहकारी तथा सङ्कलन केन्द्रहरुमा आबद्ध भएका किसानसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ,” शाखाप्रमुख अर्यालले भने, “उहाँहरुले संस्थामार्फत दूध बिक्री गर्नुहुन्छ र बिक्री भएको दूधका आधारमा प्रतिलिटर रु १५ का दरले किसानलाई सङ्कलन केन्द्रमार्फत एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।”
सङ्कलन केन्द्रमा दूध बिक्री गरेका एक हजार एक सय ७९ जना किसानलाई पाँच लाख ३३ हजार तीन सय २८ लिटर दूधको प्रतिलिटर रु १५ का दरले गत आवमा उक्त रकम अनुदानस्वरुप वितरण गरेको हो ।
दूध उत्पादक किसानलाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट उत्पादनमा प्रतिलिटिर रु १५ अनुदान दिन सुरु गरेको थियो । दूग्ध विकास संस्थानले निर्धारण गरेबमोजिमको मूल्यमा सङ्कलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको हो ।
यहाँ उत्पादन भएको दूध सङ्कलन केन्द्रमार्फत बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखाप्रमुख अर्यालले बताए । नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रमहरु अगाडि बढाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि रु २० लाख अनुदान दिएको थियो जसमा एक हजार दुई सय पाँच जना किसान लाभान्वित भएका थिए ।
किसानहरुलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्नका लागि नगरस्थित बैंक तथा सहकारी संस्थाहरुसँग समन्वय गरी कृषि कर्जामा चार प्रतिशत व्याजदरमा अनुदान उपलब्ध गराएको थियो । व्याज अनुदानमा नगरपालिकाले गत आवमा १५ लाख विनियोजन गरेको थियो । उक्त ऋणमा प्रत्यक्ष दुई सय ८१ जना लाभान्वित भएका थिए ।
गल्याङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिकस्तर उकास्नका लागि पशुपालनमा जोड दिएको नगरप्रमुख भूपराज अधिकारीले बताए । गल्याङलाई सेतो सहर र दूधको सहरका रुपमा पहिचान दिलाउने गरी गाई तथा भैँसीपालनतर्फ किसानलाई प्रेरित गरिएको प्रमुख अधिकारीले बताए ।
दूधमा प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउन थालेपछि सङ्कलन केन्द्रमा स–सानो परिमाण पनि दूध सङ्कलन हुन थालेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए ।
शर्माका अनुसार अनुदान कार्यक्रमले पशुपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको छ । दूध उत्पादन गरेर पनि बजारीकरणको समस्यामा रहेका यहाँका किसानलाई बजारको समस्या नभएपछि पनि थप आकर्षित भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: