काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ ।पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए ।
यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार २०० मा सङ्क्रमण देखिएकामा १८८ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ५८९ सङ्क्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगण्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएका छन् ।
जिल्लामा हाल ४२३ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १०४, पाँचखालमा ४३, पनौतीमा ४३, नमोबुद्धमा ५३, मण्डनदेउपुरमा आठ तथा रोशी गाउँपालिकामा १२, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लु १६, खानीखोलामा दुई, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।
यसैबीच जिल्लामा आजदेखि यही भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’ थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा कोरोना ‘संवेदनशील क्षेत्र’ रहेकाले निषेधाज्ञा थपिएको बताए। “सङ्क्रमणदर घटेको देखिए पनि गम्भीर बन्नुपर्ने अवस्था यथावत नै छ, त्यसैले निषेधाज्ञा लम्ब्याइएको हो”, उनले भने।
प्रशासनद्वारा मङ्गलबार थपिएको निषेधाज्ञाअनुसार विद्यालयमा भौतिकरूपमा शैक्षिक गतिविधि नगर्नेलगायत यसअघिका निर्णयलाई यथावत राख्दै विवाह, व्रतवन्ध तथा सामाजिकरूपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टीप्यालेसमा नगर्न भनिएको छ । साथै सवारी साधनका कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अपनाउन, पसल बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: