Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मोटरमार्गका अध्यक्षसहित पाँच व्यक्तिउपर आरोपत्र दायर

रासस

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, तत्कालीन सदस्य गणेशकुमार गुरुङ र तत्कालीन प्रोपराइटर विनोद श्रेष्ठउपर बिहीबार अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजहरुबाट रु ११ लाख ३४ हजार ५०० बिगो असुलको माग गरेको छ ।

तत्कालीन अध्यक्षसहित तीन व्यक्तिलाई रु सात लाख ६६ हजार ७००, सदस्य गुरुङलाई रु एक लाख १९ हजार ४०० र प्रोपराइटर श्रेष्ठलाई रु दुई लाख ४८ हजार ४०० बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ तथा ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन गरिएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्राविमाथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगेर ग्राभेल गरेको तर बिल भर्पाइ फर्जी बनाएको आरोप लागेको छ । 

उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाबाट आर्थिक वर्ष २०७४/७५ मा नगरस्तरीय आयोजनाअन्तर्गत विनियोजन भएको रकम लागत स्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे–थप्रेक जोड्ने सहिद लालध्वज मार्ग सतरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले मिलेमतोमा गैरकानुनी लाभ पुर्‍याउने र सरकारी रकम हानी–नोक्सानी पुर्‍याउने बदनियत देखिएको आयोगको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending